अाज बाट बाटो खुले पछि यातायात सुचारु ।
बरम बुढामगर
रुकुम पुर्ब
२०७५ असोज १७ गते
रुकुम पुर्ब
२०७५ असोज १७ गते
बर्षायाम रोकिएसँगै शरदत्ऋतुको आगमनले घर अागनमा खुशियाली छाएको छ । बर्षाले चार महिना सम्म रोकिएको बाटो मर्मतको काम सिद्विए लगत्तै अाज देखि यातायातका साधन सुचारु भएको छ ।
पुर्बी रुकुमको ग्रामीण भेगमा यातायातको सेवा दिईरहेको पुर्बी रुकुम यातायात प्रालिले अाज बाट रुकुमकोट देखि सडक संजालले छोएको सबै ठाउँमा जिप पथाएको छ । पुर्बी रुकुमको पिपलतुङ, तकसेरा, कोल, राङसी, लुगुम,कांक्री,महत, सिमा लगाएतका ठाउँमा जिप पथाईएको पुर्बी रुकुम यातायात प्रालिको महासचिव मरिचमान बुदामगरले जानकारी दिनुभयो ।
पुथा उत्तरगंगा गाउँपालीकाको वडा नम्बर १० र ११ को बिच भुगोल हुँदै बग्ने उत्तरगंगा नदीमा स्काभेटर द्धारा नदी बनाए पछि जिप १३ नम्बर वडाको पिपलतुङ सम्म सहजै जिप पुगेको छ । यातायात ब्याबसायी, प्रशासन र ब्यापारीहरुको संयुक्त पहलमा बाटो निर्माण कार्य पुरा गरेर यातायात सुचारु भएको महासचिव बुदामगरले जानकारी दिनु भयो ।
भुमे गाउँपालीका र सिस्ने गाउँपालीकाको बिचमा रहेको धौलापैराको खोला निर्माण भएपछि रुकुमकोट देखि
सबै ठाउँमा सिधा यातायात सुचारु भएको छ । दशैँको मुखैमा अघिल्लो बर्ष जस्तो यात्रुले दुख पाउलान भनेर यसपाली बेलैमा सम्बन्धित निकायसँग सहकार्य गरेर यातायात सुचारु गरिएको बताउनु भयो ।
Comments
Post a Comment