मृगौला पिडित दिलिप बुदामगरलाई सहयोगको अपिल





मैत्या घर्तीमगर
काठमाडौँ २०७५ कात्र्तिक १९ गते
दुबै मृगौला पिडित दिलिप बुदामगरको लागी सहयोगी मनहरु सबैमा हार्दिक अपिल गर्दछौ । रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीका वडा नम्बर १० साबिकको तकसेरा जन्मघर भई हाल सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालीका १० साबिकको लाटीकोईली गाबिस वडा नम्बर ९ शान्तीटोलमा बसोबास गर्ने बर्ष ३४ को दिलिप बुदामगरको दुबै मृगौलामा समस्या भएर राष्ट्रिय मृगौला केन्द्र बनस्थली, काठमाडौंमा बिगत पाँच बर्ष देखि उपचार गरिरहेका छन् । घरको आर्थिक अबस्था अतिनै कमजोर रहेको छ ।






हप्तामा दुई पटक डाईलासिस गर्दा मासिक तिस देखि पैंतिस हजार खर्च गरेर अहिले सम्म पच्चिस लाख जति सिद्धिएको कुरा भाबुक हुँदै सुनाउनु भयो । कहिले काहीँ आपतकालीन बिरामी हुँदा ७० देखि ८० हजार सम्म खर्च भएर घरको अलिअलि भएको सम्पतीले नपुगेर आर्थिक संकत झेलिरहेको दुखेसो गर्नु भयो । एक दिदि र तिन भाईमा बिरामी मगर कान्छो हुन् । ६ बर्षको कलिलो उमेरमै टुहुरो बनेका मगरलाई एकली आमाले पालन पोषण गर्नु भएको थियो । मनकारी मनहरुबाट सहयोग जुताउन सकिएमा एउटा मृगौला प्रत्यारोपन गर्ने योजना बुनेका मगरलाई दानबिरहरुले उहाँकै नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
बिरामी दिलिप बुदामगर सम्पर्क नम्बरः ९८६९३९७६६६,९८१००३९९५१ 

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र