ट्याक्टर दुर्घटनामा एकको मृत्युु एक घाइते

बरम बुदामगर
रुकुम पुर्व

बरफमा  चिप्लिएर ट्याक्टर दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकामा एकजनाको मृत्युु साथै  एकजना घाइते भएका छन ।

रा १ त १६९४ नम्बरको ट्याक्टर पुथा उत्तरगंगा गाउँपालिका -१२ गर्खानीमा दुर्घटना हुँदा भुंमे गाउँपालिका १ का बिस्मत गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यलय रुकुम पुर्बले जानकारी दिएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका केन्द्र तकसेराबाट कोलतर्फ किराना सामान  लैजाँदा बरफमा चिप्लिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए । मृतकको  शब शुक्रबार बिहान फेला परेको उहाँले बताउनु भयो । दुर्घटना बिहिवार राती भएको थियो ।

दुर्घटनामा रुकुम पश्चिम् आठबिसकोट नगरपालिका ८ का २५ बर्षिय दिलिप बिक घाइते भएका छन । घाइते बिकको रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

दाङ निवासी ट्याक्टर चालक सन्तोष चौधरी फरार रहेको छन्  । उनको  खोजी कार्य भैरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनु भयो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र