तकसेरा समाज जापान द्वारा भुपु अध्यक्षको बिदाई कार्यक्रम सम्पन्न !






अभिषेक बुदा मगर तकसेरा समाज जापान !
डिसेमवर १५ तारिक,
   बिगत लामो समय देखि जापानलाई  कर्मथलो बनाएर  बस्नुभएका समाजसेवी ईश्वरमान बुदामगर यहि दिसेम्वर २१ टारिकका दिन  जन्मभुमि नेपाल फर्किदै छन ।  सन् २०१८/८/१७ मा गठित तकसेरा समाज जापानका बर्तमान अध्यक्ष रहि  महत्वपूर्ण योगदान दिनुभएका मगरलाई  समाजसेवी श्री लोकबाहादुर बुदा मगर ज्युको नेपालि रेष्टुरेण्त लोसनमा भब्य  कार्यक्रमका साथमा बिदाई  गरिएको थियो !





 
बिदाई कार्यक्रमका प्रमुख अतिथि भुतपूर्व  अध्यक्ष ईस्वरमान बुदाले जो जहाँ रहे पनि अाफ्नो जन्मभुमिको लागि अात्मा साक्षी राखेर  मन वचन र कर्मले  समाजसेवा गर्न उतप्रेरित गराउनु  भएको थियो ! कार्यक्रम समाजका सचिव युवराज घर्ति मगरको सन्चालन सँगै कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष तिर्थमान बुदा मगरले गर्नु भएको थियो | संस्थाका बरिस्ठ  सल्लाहकार लोकबाहादुर बुदा मगर,सल्लाहकारहरु तपजित बुदा मगर , नबिना बुदा मगर र  संरक्षक कौडा बुदा मगर लगायतको आतिथ्याता रहेको  थियो ! 








उपाध्यक्ष्य उपाहार घर्ति मगर को स्वगत मन्तब्यसंगै समाजका बरिस्थ सल्लाकार लोकबाहादुर बुदा मगर, संम्रक्षक कौडा बुदा मगर लगायतले मनतव्य दिनु भएको थियो | बिदाई कार्यक्रममा  प्रमुख अतिथिलाई समाजका सबैजनाले पगरि र खाता लगाईदिएर बिदाइ गरेका थिय | 








 प्रमुख अतिथि लाई तकसेरा समाज जापानको तर्फ बात कार्यवाहक अध्यक्षले  सम्मान-पत्रले सम्मान गर्नु भएको थियो लगतै  प्रमुख अतिथिको धन्यवाद मन्तव्य संगै  कार्यक्रमका सभापति द्धारा पहिलो चरनको कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ! 







त्यसपछि रात्रि भोजमा सबै जना सरिक भएका थिए  त्यो भोजमा श्याम घर्तिमगर  र प्रकाश गुरुङको समूहले व्यवस्थापन रहेको थियो ! 

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र