भूमे गाउपालिकामा घुम्ती शिबिर सम्पन्न








बरम बुढामगर भूमे रुकुम पूर्व   
भूमे गाउपालिकामा घुम्ती शिबिर द्वारा नेपाली नागरिकताको प्रमाणपत्र वितरण सम्पन्न । रुकुम पूर्वको भूमे गाउपालिकाको वडा नम्बर ६,७ र ८ मा मङ्सिर २८ र २९ गते ५० जना सर्बसाधारणलाइ  प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको नेतृत्वमा नेपालि नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।








शिविरमा भूमे गाउपालिका  वडा नं.-७ निवासी ८० वर्षिय ज्येष्ठ नागरिक जुकसरा रोकामगर  र वडा न.६ निवासी ८५ बर्षीय दल्मा घर्तीमगरलाई पनि नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । साथै ३ जना अपाङ्गलाई पनि नेपालि नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो ।







लाबाङ, कोर्जा, रिसालचौर र तामारी-मा संचालित घुम्ती शिविरमा  नागरिकता प्राप्तकर्ता लगायत ५७ जनाको फोटो सहितको मतदाता नामावली समेत संकलन गरिएको भूमे गाउपालिकाका  अध्यक्ष रामसुर बुढामगरले बताउनु भयो ।  शिविरमा सहायक प्रमुख जिल्ला अधिकारि श्रवण कुमार साह,  जि.स.स. प्रमुख गजेन्द्र बहादुर ओली, निर्वाचन कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र