सदरमुकाम स्थापना गर्न विशाल जनसागरसहित भोलि रुकुमकोटमा जनसभा हुदै |







 रुकुम पूर्वको सदरमुकाम गोलखाडा सार्न माग राख्दै आएको पक्षले आन्दोलनको तयारी पुरा गरेको जनाएको छ ।
नेपाली कांग्रेसका नेता केशरमान रोकाले भने, गोलखाडावासि भोलि आन्दोलनको विशाल जनसागर लिएर रुकुमकोट जिल्ला प्रशासन घेराउ गर्न आउने तयारी पुरा भएको छ । प्रशासनले कर्फ्यु जारी गरेपनि लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई सम्मान गरिनेछ भन्ने आशा हाम्रो छ । अब हेराैं ।  भोलि आन्दोलनमा आएको हाम्रो विशाल जनसागरलाई कसरी हेरिन्छ । त्यो अहिल्यै भन्न नसकिने कुरा हो ।
नेता रोकाले आफूलाई वार्ताका लागि भन्दै बोलाएर रुकुमकोटमा हातपात गरेर अराजनैतिक चरित्र देखाएकोमा दुःख लागेको जनाए । आफू उपचारार्थ काठमाडाैंमा रहेको र स्वास्थ्य स्थिति सामान्य बन्दै गएको जानकारी समेत दिए ।
ग्रिन सिटि अस्पतालमा उपचार गराएपछि डाक्टरको सल्लाहअनुसार बेड रेष्ट गरिरहेको उनले जनाएका छन् । अहिले उपचारपछि डिस्चार्ज भएको छु, पिसाबमा रगत देखा परेको छ । अरु स्थिति सामान्य नै रहेको जानकारी डाक्टरहरुले जानकारी दिनुभएको छ । टाउकोमा गहिरो चोट लागेको छ की भनेर डर लागेको थियो तर सिटि स्क्यान गर्दा स्थिति सामान्य रहेको पाइयो ।
म यता भएपनि आन्दोलन हुन्छ, साथिहरुले सबै तयारी पुरा गरेको जानकाी दिनुभएको छ । मैले त्यहाँको वस्तुगत स्थिति अध्ययन गरेर आन्दोलनका कार्यक्रम गर्न समेत सल्लाह दिएको छु । लुम्बिनि भ्वाइससंगको कुराकानीमा उनले भने ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा पूर्वी रुकुमको सदरमुकाम राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो ।
अब उक्त रिटमा यही माघ २७ गते पेशी तोकिएको छ । भने, अहिले रुकुम पूर्वमा अनिश्चितकालिन कर्फ्यु जारी गरिएको छ ।
साभार लुम्बिनी भ्वाईस |

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र