मैत्या घर्तीमगर नेपाल आदिवासी चलचित्र अवार्ड–२०१७ मगर कला र संस्कृतिमा आधारित चलचित्र ‘लोम्वा’ ले प्राप्त गरेको छ । बेस्ट फिल्म, बेस्ट निर्देशक र बेस्ट कस्टम गरि ३ अवार्ड हात पारेको हो । नेपाल आदिवासी जनजाति महासंघ ९फिप्ना० को आयोजनामा अमेरिकाको न्यूयोर्कमा तीन दिन सम्म भएको ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ मा लोम्वाले अवार्ड जित्न सफल भएको हो । विश्व आदिवासी दिवसको सन्दर्भ पारेर फिप्नाले चलचित्र महोत्सव आयोजना गरेको थियो । चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा चलचित्र लोम्वालाई नगद एक लाख रुपैयाँ, ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए त्यस्तै उत्कृष्ट भेषभुषाको नोम...