रुकुमको तकसेरा मगर बाहुल्य बसोबास रहेको बस्ती हो । सामुहिक बाँच्ने शैली बस्ती बसाउ ब्याक्तिगत तथा सार्बजनीक काम समुहगत रुपमा गर्दछन् । वर्षभरिमा हुने ब्याक्तिगत र सार्वजनिक झारामा गएर निश्चित रकम लिएर् कोषमा जम्मा गर्छन् । समुहको अरु स्रोत भनेको थरमा कसैको छोरो जन्मीदा विदेशी लाहुरेहरु छुट्टीमा घर आउदा टिका लगाईदिँदा पाएको दान जम्मा गर्छन् । दुखपिडा बिर्सेर कोषको रकमले बडा दशैँमा राँगा कातेर सबै घर कुरियालाई बराबर भाग दिने चलन रहेको छ । भित्री आन्द्रा भुँदी मुतु कलेजो पकाएर सबैलाई खुवाईन्छ यो दिनलाई विशेष उल्लासको रुपमा हेरिन्छ । आजको दिन समुहमा पकाएको मासु घरको सबै सदस्यको भाग दिने गर्छन् । आजको मासुलाई विशेष परिकार आहारको रुपमा पकाएर खाने गरिन्छ ।