Posts

Showing posts from January, 2018

सडक स्त्ताेरउन्नतिकाे काम सुरु

Image
गाेपालसिँ खड्का /रुकुम पश्चिम रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका १४ले त्रिवेणी गाँउपालिकाकाे सिमना नुवाकोटडाँडा देखि चाैरजहारी १३नं.वडाकाे सिमना रातामाटासम्मकाे सडक खण्डलाई स्त्ताेरउन्नति गर्न थालेकाे छ।नगरपालिकाकाे नगरपरिषदबाट छुट्टाएकाे डेढ कराेड बजेटले सडक स्त्ताेरउन्नति गर्न थालेकाे १४नं.का वडाध्यक्ष अतिराम विष्टले जानकारी दिनुठ भएकाे छ।सडक स्त्ताेरउन्नतिमा फराकिलाे बनाउने ढल काट्ने पर्खाल लगाउने लगाएतका काम गर्न वडाले सुरु गरेकाे ।नुवाकाेटडाँडा देखि रातामाटासम्म झण्डै ६किलाेमिटर सडक स्त्ताेरउन्नति भएपछि स्थानीयबासीलाई बाह्रैमहिना यातायातका साधन चलनाले अाजतजावत सामान ढुवानी जस्ता काममा सहज हुने स्थानीयबासीकाे अाशा छ।सडक भएको ठाँउमा स्त्ताेरउन्नति र नभएको ठाँउमा टर्याक खाेली स्थानीयहरुलाई सजिलाे बनाउने नगरपालिकाकाे याेजना छ।अागामी ५ बर्षमा नमुना नगर बनाई छाेड्ने नगरपालिकाका मेयर विशाल शर्माकाे दावि छ।

वडा कार्यालयमा सेवा ग्राहीकाे घुँईचाे

Image
गाेपालसिँह खड्का /रुकुम पश्चिम रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका १० र ११ काे वडा कार्यालयमा सेवा ग्राहीकाे घुँईचाे लाग्ने गरेकाे छ।सामाजिक सुरुक्षा भत्ता सिफारिस लगाएतका काममा स्थानीयहरु अाएपछि घुँईचाे बढेकाे वडा कार्यालयले जानकारी दिएकाे छ।जेष्ठ नागरिक एकल महिला बालबालिकाकाे भत्ता वडाकार्यालयबाटै वितरण गर्दा सिफारिस लिने जग्गाकाे तिराे तिर्ने लगाएत दैनिक काममा गर्ने कार्यमा पनि सहभागीहरु सबै सँगैहुँदा घुँईचाे बढेकाे ११नं.वडाका वडाध्यक्ष तुलसीराम बुढाथोकीकाे भनाइ छ।घुँईचाे बढ्दा भत्ता लिन अाउने जेष्ठ नागरिकमा बढि मार परेकाे छ।सिहदरवारकाे अधिकार गाँउगाँउमा अाए पनि अझै सहज हुन नसकेकाे सेवाग्राहीकाे गुनासाे छ साथै वडामा कर्मचारीकाे अभावले झनै अप्ठ्यारो परेकाे छ।दुवै वडाकाे एउटै वडासचिवले काम गर्दा ढिलाे र घुँइचाे बढेकाे वडाकार्यालयले बताएको छ।

गोलखादा सदरमुकामको समर्थनमा एक्यवद्धता जनाउदै मैकोटमा खुशियाली र्‍याली

Image
कर्मसहि घर्ती मगर १५ माघ  , रुकुम पूर्व   मन्त्री परिषद्ले गत माघ   ११ गते पुथा उत्तरगंगा गाउँपालिका वडा नं . १२ कोल गोलखादालाई सदरमुकाम तोके पछि त्यस निर्णयको समर्थनमा एक्यवद्धता जाहेर गर्दै मैकोटमा चाैताराबाट खुशियाली र् ‍ याली पुरानो स्कुल , धर्मशाला , बारगर हुँदै पुन : चाैतारा आएर कोण सभामा परिणत भएको थियो । उक्त जुलुशमा करीब तीनसय जना भन्दा बढिको सहभागी थियो । जुलुशमा नयाँ सदरमुकाम गोलखदा प्रति एक्यवद्धता जनाउँछाैँ , पूर्वी रुकुम जिन्दाबाद र गोलखदालाई तुरुन्त कार्यान्वयनमा ल्याईयोस् जस्ता गगनभेदि नारा लगाईएको थियो । उक्त जुलुस चाैतारामा समापन हुँदा जम्मा दुई जना वक्ता रहेको , जसमा आइतमान पुन र मग बहादुर कामीले पूर्वी रुकुम आफैमा एउटा विकट तर प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्ला भएको र मगर तथा दलित समुदायको सघन वस्ती भएको र अधिकांस भूभाग माथिल्लो भेगमा परेको हुँदा अब बल्ल हिमाली भेगका जनताले शान्तिको श्वास फेरेको बताए । बुद्धिजीवी तथा सामाजिक ...

आमा क्यान्सरसँग लडिरहँदा जीवनमरणको दोसाँधमा छोरी

Image
काठमाडौं , माघ १५   ठूलो आन्द्रा , हामीले खाएको खाना पचाउने शरीरको महत्वपूर्ण अंग । ठूलो आन्द्राले पानी सोस्ने , दिसा बनाउने काम पनि गर्छ । यदि शरीरमा यही महत्वपूर्ण अंग भएन भने कस्तो होला ? रुकुमको उत्तरगंगा गाउँपालिका – १८ तक्सेराकी १५ वर्षीया हिमाली बुढा मगर पेटको सानो र ठूलो आन्द्रा काटिएर जीवनमरणको दोसाँधमा छिन् । ललितपुरको पाटन अस्पतालको बेड नम्बर १४८ मा पल्टिरहेकी हिमालीको पेटमा ठूलो प्वाल पारिएको छ । पेटमा पारिएको प्वालमा ब्याग जोडिएको छ । त्यही ब्यागमा दिसा – पिसाब जम्मा हुन्छ । परिवारकी जेठी छोरी हामाली गत कात्तिक १७ गते टिप्पर दुर्घटनामा परेर यस्तो अवस्थामा पुगेकी हुन् । आमालाई पाठेघरको क्यान्सर भएको छ । उनकी आमाको केही दिन अगाडि मात्रै भक्तपुर क्यान्सर अस्प्तालमा अपरेशन भएको थियो । आमाको कुरुवा बसेका बुवा आउन नसक्ने अवस्थाका भएकाले फुपु राममाया बुढामगर पाटन अस्पतालमा हिमालीको कुरुवा बसिरहेकी छिन् । ‘ हिमालीको आमा पनि पाठेघरको क्यान्सर भएर भ...