पोर्तुगल सवारी दुर्घटनामा एक नेपालिको मृत्यु -७ घाइते



ओम बहादुर घर्ती \ लिस्बन
पोर्तुगल को  राज्धानी लिस्बोन नजिक मन्तेजो पिकोइस मा बिहीबार  7:45 बजे तिर सवरी दुर्घटना मा एक जना नेपाली  युवती को ज्यान  जानुका साथै  अन्य  7 जना घाइते  भएका छन र घाइते  मध्य  एक जनाको अवस्था गम्भीर  रहेको सोर्त्ले जनाएको छ! दुर्घटना मा परि चितवन  राप्ती नगरपालिका  वडा  न .4 भवानिपुर निवासी  चेतमाया कुलालको घटना  स्थल्मै मृत्यु  भएको छ । मृतक  चेत माया  एक महिना अघि मात्र  जर्मन  बात पोर्तुगल आइकी थिइन | दुर्घटनामा चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको छ । थप घाइते हुनेहरुमा अनिशा बिक, अल्का भेटवाल, आरती श्रेष्ठ राई, उषा बर्तौला, तुफेल मोहम्मदलगायतका रहेका छन् ।
 

घाइतेहरुको सेतुबाल अस्पतालमा उपचार भैरहेको घटनास्थल पुगेका एक नेपालीले जानकारी दिएका छन् ।
बिहान काम गर्ने ठाउँतिर जादै गर्दा पानी परेका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । गाडी चालक एक पञ्जावी थिए । दुर्घटना विहान ७:४५ बजे भएको थियो । कामदारहरु गणेश ज्ञवालीको क्यापासीटी फर वोर्क कम्पनीमा काम गर्दथे । दुर्घटना पेगोईस सोल्माइरोसमा भएको थियो । कम्पनीमा एक भारतीयसहित १२ जना नेपाली महिलाहरु रोजगार छन् । गैह्र आवासीय नेपाली संघ (एनआरएन) पोर्तुगलको एक टोली सहयोग र थप जानकारीको लागि अस्पताल पुगेको छ ।

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र