झाँक्रीहरु एक हुँदैै
मगर समुदाय तान्त्रिक तुना मुना र अलौकिक शक्तिमा विश्वास गर्ने समुदाय हो । मान्छे बिरामी हुँदा कुनै दुष्ट आत्माले सताएको ठानी धामीझाँक्रीको सहारा लिने गरिन्छ । यही झाँक्रीहरुको हक अधिकार र गर्ने कामकाज लाई सहज र सरल दंगले एकै ठाउँँ बाट अध्ययन गर्ने हेतुले झाँक्री अध्ययन केन्द्रको गठन भएको छ । संबन्धीत निकायमा कानुनी प्रक्रिया पुरा गर्दै दर्ता प्रक्रियामा रहेको र आज स्थानीय स्तरमा बैठक बसेर चिहानघात मठमा संदीयार लगेर सिमाना तय गर्दै अबको केहि समय पछि तारबार लगाउने कुरा संस्थाका अध्यक्ष दिपेन्द्र बुदा मगरले बताए । नेपाल अधिराज्यभरमा प्राय सबै समुदायहरुमा धामी झाँक्री प्रति विश्वास गर्ने गरिन्छ । टाउकोमा कालिज र डाँफेको प्वांखहरु सिउरेर जिउभरि धण्टीहरु र वनको जनावरको हाडखोर छाला भिरेर मृगको छाला बाट निर्मित एक प्रकारको बाजा ढ्याङरो ठटाउदै जिउमा देउता उतारेर काप्दै आद्यात्मीक रुपमा विरामीको उपचार गर्ने गर्छन् । झाँक्रीहरुको गुरुलाई रम्मा भनिन्छ । झाँक्रीहरुको बारेमा अध्ययन अनुसन्धान गर्न र पर्यटन प्रर्बद्धनको लागी सहज हुने कुरा अध्यक्षले जानकारी गरेका छन् ।

Comments
Post a Comment