तकमा हत्यो सामुहिक पाँच पुजा




हिमाली जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालीका १० साविकको तकसेरा गाविसको तकगाउँमा अब देखि सामुहिक पाँच पुजा नगरिने भएको छ । अहिले सम्म खाम भाषी मगरको अस्तीत्वमा बचेर रहेको हल्सार लगाएत वर्षभरि गरिने पाँच वटा पुजा खर्च अभाबमा नगरिने भएको छ । हरेक ठाउँमा संस्कार संस्कृती बचाउने अभियान चलिरहेको बेला तक गाउँमा भने अलिकती बचेर रहेको पुर्खाको प्रथा जन्य संस्कार पनि अहिलेको पुस्ताको हात बातनै हराउने भएको छ । पुजापाठ अहिले सम्म तकगाउँमा पहिलो बस्ती बसाउनेहरुको सन्तान घर्ती मगरहरुले धान्दै आएका थिए । हलसार लगाएत अरु पुजा धेरै खर्चिलो हुनाले ब्यात्तिगत खर्चमा भुमि देवतालाई पुजन नसकिने कुरा बयोबृद्धा मुख्य बेदमान घर्तीमगर लगाएत सबै घर्तीभाईहरुको थम्याई छ । मुख्य पाँच पुजामा बुद्धजयन्तीको दिन गरिने बराहा देवता पुजा, असार एक गते गरिने भुम्या पुजा, मंसिरे पुर्णीमाको दिन गरिने सिद्ध पुजा, फागुणको पहिलो हप्ता शुभसाईत झुराएर बिधीवत रुपमा गरिने हल्सार (भुमिपुजा) पुजा र चैते दशैमा गरिने माहामै पुजा गर्दै आएका थिए । तकगाउँमा पहिलो बस्ती बसाए पनि खासै आर्थीक रुपमा सबल नभएकाले सामुहिक पुजा रोकिएको हो । संसारमा दुर्लव रुपमा रहेको हल्सार मंसिर महिना देखि खनजोत बन्द गरेर फाल्गुण महिनाको पहिलो हप्ता उमेर पुगेका घर्ती यूवाहरुलाई छानेर बिधीवत रुपमा साईत झुराएर बिहानै नजिकको बारीमा हलगोरु लगेर दक्षिण मुख पारी भुमि छोएर पुजापाठ गरेर घर फर्किन्छन्् । एता घरमा महिलाले तरुल, आलु खेवार तिन दाना रोप्छन्् । हलारीहरु घरमा पुगे पछि आहारा दिएर घरभित्र भित्राईन्छ । हर्ष उल्लासका साथ खानपिन गरे पछि अन्नबाली धेरै फलिफाप होस भनेर एक थेकी झाँड पुजारीको घरदेखि कमौताको घर सम्म पोखाउदै लैजान्छ । हलसार पुजा गरिएको तिन दिन पछि अरु गाउँलेहरुले खनजोत गर्न पाउने चलन रहेको छ । बिधीवत रुपमा मनाईने यी चाडपर्वहरु आउँदा दिनमा नयाँ पुस्तालाई दन्ते कथामा रुपान्तरित हुनेछ । कुनै सहयोगी दाताहरु बात आर्थिक सहयोग झुताउन सकिए पुन सुचारु गर्न सकिने कुरा बताएका छन्् । 

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र