हुकाममा झारा द्वारा ट्रान्सर्फमर निश्चित स्थानमा पुग्यो
अशोक घर्ति मगर
रुकुम पूर्व २५ चैत्र २०७४
हुकाममा,८१ किलोवाटको तनागर लघु जलविद्युत आयोजनाको काम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनश्रमदान 'झारा सुरु। जनश्रमदान द्वारा आज मिति २०७४ साल चैत महिनाको २५ गते ट्रान्सर्फमर लिनेे काम सम्पन्न भएको छ। पावर हाउस देखि हुकामको ट्रान्सर्फमर राख्ने निश्चित ठाँउ सम्म आउन भौगोलिक धुरी १ किलोमिटर भन्दा बढी रहेको छ। उक्त ट्रान्सर्फमर लिनेे काम सकुशलका साथ निश्चित स्थानमा पुर्याइएको छ र काममा १०० जना भन्दा बढी मान्छेहरूको सहभागिता रहेको थियो। रुकुम उज्यालो कार्यक्रम अन्तर्गत २०६६/६७ साल देखि सुरुवात भएको बिजुलि हालसम्म पनि पावर हाउसमा समेत बत्ति बलेको छैन । पटकपटकमा उक्त समिति फेरबदल भएर हरेक समितिले यो महिना बल्छ उ महिनामा बल्छ भनी धेरै थरी सपनाहरू बाँढ्दै आएका थिए अहिले सम्म बत्ति बल्न नपाएकोमा दुखेसो पोखछन हुकामी जनताले। यसपाली हुकामी जनताले बत्ती बल्छ कि भनी हजारौं मिठो सपनाहरू बटुल्दै जनश्रमदानमा लागेका छन्। यस पटकको नयाँ समितिले पनि आउँदो जेठ असारमा बल्ने कुरा दावी गर्छन् ।






Comments
Post a Comment