मदिरा नियन्त्रणका लागि नयाँ कानून बनाउदै गृहमन्त्री



२०७५, १४ भाद्र बिहीबार

काठमाडाैं, भदाै १४ । अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।

गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिार नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।

इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।

पछिल्लो समय एकपछि अर्को गर्दै महिलामाथिको हिसां, बालिका बलात्कार र बलात्कारपछि हत्यासमेतको घटना बढेपछि गृहमन्त्रीले यस विषयलाई गम्भीरतापूर्व लिदै त्यसको नियन्त्रणका लागि प्रभावकारी ढंगले लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

र पीडितका उजुरी लिन अानाकानी गर्ने र मेलमिलाप गर्ने गरेमा त्यस्ता अधिकारलिाई पनि कडा कारबाही गनेृ चेतावनी दिएका छन् । एभरेष्ट  

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र