क्या राम्रो तकसेरा गाउँ झलल
बिचैमा उत्तरगगा खोला सलल !
डाडा काडा हरियाली कति राम्रो,राम्रो
रक्षा गर्ने यहि हो बराह रामाझिमा हाम्रो
बहुमुल्य जडिबुटी पाउने बुकिपाटन वन छ
यार्चागुम्बा,सुटुकी र पाचअाेले यो गाउँको धन छ !!
क्या राम्रो तकसेरा गाउँ झलल
बिचैमा उत्तरगगा खोला सलल !
प्रकृतिले सुन्दर रुप फेरिरहने ठाँउ
घुम्न आउनु है यो रमाइलो गाउँ
झ्याउरे ताल,भुम्या चाच्दै रोधीमा बसौला
राडिपाखी ऊन कात्दै दु:ख सुख सातौला !!
क्या राम्रो तकसेरा गाउँ झलल
बिचैमा उत्तरगगा खोला सलल !

Comments

Popular posts from this blog

सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न

खुट्टे खेल (तस्बिर कथा)

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र