केहि दिन पछि अबरुद बाटो सुचारु हुने
बरम बुढामगर
रुकुम पुर्ब
२०७५ असोज १२ गते
बर्षायाम रोकिएसँगै शरदत्रृmतुको आगमन भएको छ बर्षाले चार महिना सम्म रोकिएको बाटो अब सुचारु हुने भएको छ । पुथा उत्तरगंगा गाउँपालीकाको वडा नम्बर १० र ११ को बिच भुगोल हुँदै बग्ने उत्तरगंगा नदीमा स्काभेटर द्धारा नदीमा सम्म पार्ने काम धमाधम भैरहेको छ । पानी बदेर जिप ११ नम्बर वडाको सेरागाउँ बाट फर्किन्थ्यो अब बाटो बन्यो भने १३ नम्बर वडाको पिपलतुङ सम्म पुग्ने छ । गाउँपालीकाको पहलमा बाटो निर्माण कार्य सुचारु भएको १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङले जानकारी दिनु भयो ।
भुमे गाउँपालीका र सिस्ने गाउँपालीकाको बिचमा रहेको धौलापैराको बाटो निर्माण भएपछि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट देखि पिपलटुङ सम्म सिधा यातायात सुचारु हुनेछ । दशैँको मुखैमा अघिल्लो बर्ष जस्तो यात्रुले दुख नपाउने गरि काम गर्ने र यातायात समितिहरुसँग सहकार्य गरेर सहजतामा काम गरिने बताउनु भयो ।

Comments
Post a Comment