तकसेरा समाज नेपालले भबन निर्माण सहयोगार्थ देउसीभैलो खेल्दै
मैत्या घर्तिमगर
काठमाडौं १० असोज २०७५ शनिबार
तकसेरा समाजले तिहारको अवसरमा भबन सहयोगार्थ रकम सङ्कलन गर्न देउसीभैलो खेल्ने भयको छ | तकसेरा समाज नेपालको अध्यक्ष बाग्लाल बुढामगरको अध्यक्षतामा बसेको नियमित वैठकले सो निर्नै गरेको हो |
तकसेरा समाज नेपाल रुकुम पूर्व पुथा उत्तरगंगा १० र ११ नम्बर वडा साबिकको तकसेरा गाविसमा जन्मेर काठमाडौंलाइ कर्मथलो बनायर स्थाई वा अस्थायी रुपमा बसोबास गर्नेहरुको साझा थलो हो | २०६८ सालमा स्थापना भयको तकसेरा समाजले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ | यस बर्ष पनि तकसेराबासीहरुको भेतघात तथा शुभकामना आदानप्रदान र समाजको भबन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम २०७५ को आयोजना गरियको अध्यक्ष बुढामगरले जानकारी दिनु भयो |
८ बर्षको अन्तरालमा हरेक समस्या र अप्ठ्यारो झेल्दै सहयोगी मनहरु बाट सीतापाइलामा समाजको नाममा जग्गा खरिद गरिसकिएको छ अबको संकलित पैसाले आफ्नै भबन निर्माण गर्ने योजना रहेको अध्यक्ष मगरले सुनाउनु भयो | सुन्दर समाज निर्माण गर्न कला, भाषा, स्कृति तथा इतिहासको संरक्षणको साथ जीवित राख्दै नया पुस्तामा पुस्तान्तरण गर्ने उधेश्यका साथ जन्मेको तकसेरा समाजले पक्कै पनि निश्चित ठाउमा पुगेर लक्ष्य पुरा गर्नमा बिस्वस्त रहेको मगरले बताउनु भयो |

Comments
Post a Comment