Posts

Showing posts from January, 2019

रुकुमकोटमा पुनः आन्दोलन सुरु

Image
रुकुमकोट गत बर्ष २०७४ माघ १८ गते सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विभिन्न आन्दोलन गर्दै क्रमिक रुपमा शिथिल बनेको आन्दोलन करिब ६ महिनासम्म पुनः सुरु भएको हो । मुद्दा परेको एक बर्षमा सर्वोच्चले सरकार र रिट निवेदकलाई पटक पटक पेशी र साधारण तारिकमा बोलाए पनि अहिलेसम्म सर्वोच्च कुनै निचोडमा पुगेको छैन । सर्वोच्चले तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि बिस्तारै बिस्तारै शिथिल बन्दै गएको आन्दोलन सोमबार बेलुकी देखि फेरि पुनः सुरु भएको छ । आन्दोलन संघर्ष समितिका संयोजक नन्दलाल शर्माले सर्वोच्चले छलफलका लागि बोलाएको आगामी दिन नजिकिएसंगै सोमबार बेलुकी देखि पुनःआन्दोलन सुरु गरेको जानकारी दिनुभएको छ । उहाका अनुसार सोमबार साझ बाट पुनः हालको सदरमुकाम रुकुमकोट बजार क्षेत्रका विभिन्न चोक चोकमा राको तथा आगो बालेर आन्दोलन सुरु गरिएको छ । अहिले शान्ति पुर्ण आन्दोलन सुरु गरिए पनि समय परिवेश लाई ध्यानमा राखी आगामी दिनहरुमा आन्दोलनको स्वरुप लाई परिवर्तन गरिने संयोजक शर्माको भनाइ रहेको छ । तत्कालीन देउवा सरकारले माघ ११ गते रुकुमकोटमा रहेको सदरमुकाम...

कार्यपालिकाको पहिलो बैठक सम्पन्न

बरम बुदामगर रुकुम पुर्व  २८ पौष २०७५ पुथा उत्तरगंगा गाउपालिका  केन्द्र कार्यालय उद्घाटन सम्पन्न भए सँगै कर्यपालिकाको पहिलो बैठक बसेको छ ।  गाउँपालिका प्रमुख अोमप्रक...

तकसेरामा गाउँपालिका केन्द्र उद्घाटन

कर्मसही घर्ती मगर २८ पुस , रुकुम ( पूर्व ) रुकुम ( पूर्व ) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको हिजो विधिवत् उदघाटन भएको छ । गत साउन १० गते भएको गाउँसभाको दुई तिहाई बहुमतले अन...