विश्वको सबै भन्दा अग्लो हिमाल सर्वोच्च शिखर सगरमाथाले हाम्रो देशको नाम संसारमै परिचित छ तिनै हिमाल हेर्न र चड्न वर्षेनी लाखौँ पर्यतकहरु घम्न आउने गर्छन् । पर्यतन क्षेत्र आर्थीकको एक हिस्सा हो । हिमालै हिमालले भरिएको देशमा राज्यले राम्रो प्रर्वद्धन गर्ने हो भने आर्थीक रुपमा सब्बल हुनेछ । धेरै हिमालहरुमा चड्न राज्यले खुल्ला नर्गदा हिमालहरु ओझेलमा परेका छन् । त्यस्तै ओझल तथा मिडियाकर्मीहरुको आँखामा पर्न असफल हिमाल मध्यपश्चिमको शिर रुकुम जिल्ला रन्मामैकोतमा अवस्थित ७,२४६ मितर अग्लो पुथा हिमाल एक हो । संसारमै राम्रो बहमल्य जडिबुटी र्यासागुम्बा पुथाकै आग्नमा वर्षेनी २ क्विन्तलको हाराहारीमा टिप्छन् । एसियाको पहिलो र संसारमा दोस्रो प्रसिद्ध डोरपातन शिकार आरक्ष भित्र अवस्थित छ पुथा हिमाल । नाउर तथा जारल,मृगहरु बथानका बथान लुकामारी खेल्छन् । आदीवासी समुदाय मगरको बाहुल्य रहेको रुकुमको पुर्वी क्षेत्र राज्यको नजर बात धेरै तादा र सम्बन्धीत ठाउँमा पहुच नहुनाले पर्दा पछादी बसेको छ । प्रचार प्रसार र प्रर्बद्धन गर्न सकियो भने रुकुम मात्र नभएर सिंगो मध्यपश्चिमनै पर्यतकको आर्कश्क केन्द्र हुनेछ ।