काठमाडौ निर्देशक तिल थापा मगर निर्देशित तेस्रो चलचित्र ‘घुमाउने घर’को तिजर सार्वजनिक भएको छ । बास्तबिक कथा बस्तुलाई केन्द्र बिन्दु मानेर लव जनरामा निर्माण भएको ‘घुमाउने घर’ चलचित्रको अफिसियल टिजर मंगलबार युतुबमा सार्वजनिक भएको हो । नवलपरासीबाट काठमाडौं आएर ८ बर्ष यता लामो समय देखि चलचित्र जगतमा निरन्तर काम गर्दै आएका थापाले यो भन्दा पहिले नै मगर कथा बस्तुमा आधारित फिचर फिल्म ‘रित’ र ‘सार’ निर्माण गरिसक्नुभएको छ । ‘घुमाउने घर’ चलचित्रसम्म आउदा निकै कुराहरु थाहा भयो, त्यसैले अन्य चलचित्रहरु भन्दा फरक काम गरेको छु ।दर्शकले चलचित्र हेर्दा मगर पन बोकेर फर्किने छन्।’ उहाँले भने, ‘यो चलचित्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको कथालाई समेटिएको छु ।’ उहाँले थपे, ‘नेपाली चलचित्र र मुलधार चलचित्र भन्ने शब्द नेपाली चलचित्र बजारमा निकै सुनिरहेको भेला दुवै धारलाई मिलाएको छु ।’ अर्का सह(निर्देशक युकी आले मगरले भने, ‘पुरानो पुस्ताको कथा र नयाँ पुस्ताको कथालाई एउतै मालामा उन्नको लागि मुख्य कलाकारको भूमिका ‘लोम्बा’ चलचित्रका निर्देशक अनिल बुढा मगरले निभाएका छन् ।’ उहाँले भने, ‘शुटिङमा हामीले निकै आरोह र अवर...