Posts

Showing posts from November, 2018

कान्छो जिल्लाका अधिकृतहरु तिहार मान्न तकसेरामा

Image
बरम बुढामगर रुकुम पूर्व २०७५ कार्तिक २५ गते पुथा उत्तरगंगा गाउँपालिका वार्ड  नम्बर १० र ११  तकसेरामा तिहारको अबसरमा  प्रदेश सरकारको योजनामा परेको नमुना बस्तिमा घुम्न पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायत जिल्लाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । तकसेरामा पुगे पछि १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङ लगायत स्थानीयले भब्य सवागत गरेका थिय । पुरै गाउँ अबलोकन पछि भैलेनी समूहको नचारु नाच र तरवार नाच हेरेर मनोरंजन लिनु भयको थियो ।

साविक रुकुम जिल्लाकै चर्चित पुपाल युवा क्लब(PYC)को अध्यक्षमा पाचौं पटक भरतकुमार पुन चयन।

Image
बरम बुढामगर मैकोट रुकुम पूर्व २४ कार्तिक २०७५ साविक रुकुम जिल्लाकै चर्चित र लोकप्रिय क्लब पुपाल युवा क्लब(PYC)को कार्तिक २० र २१ गते सम्म बिशेष साभारण् सभा सम्पन्नभयको छ । साधारणसभा द्वारा नयाँ कार्यसमिति गठन गरेर पाचौं पटक भरतकुमार पुनमगरलाइ  अध्यक्षमा चयन गरियको छ । ३१ जना नया कार्यसमिति गठन गरियकोमा २१ जना पुरुष र १० जना महिला सदस्य राखियको अध्यक्ष पुनले जानकारी दिनु भयो । *कार्यसमिति नामावली:       १) अध्यक्ष: भरत कुमार पुन       २) उपाध्यक्ष:  राम पुन        ३)सचिव: मंगलराज पुन        ४)सह- सचिव: किरन पुन        ५)कोषाध्यक्ष: अाईतमान पुन        ६)सह-कोषाध्यक्ष: दिपक पुन सदस्यहरु : ७)दिनेश कुमार पुन ८)सूर्य पुन ९)राजकुमार पुन १०)भागिराज पुन ११)तेजेन्द्र घर्तीमगर १२)रामसुर घर्तीमगर १३)जितै पुन १४)जय प्रसाद पुन १५)नरेश कुमार पुन १६)हाँसिमान पुन १७)विजय पुन १८)अमर बहादुर पुन १९)टोप बहादुर पुन २०)कमल पुन २१)सत प्रसात पुन २२)हरिलाक पुन २३)पूर्णिमा पुन २४)अनिता पुन २५)सु...

मृगौला पिडित दिलिप बुदामगरलाई सहयोगको अपिल

Image
मैत्या घर्तीमगर काठमाडौँ २०७५ कात्र्तिक १९ गते दुबै मृगौला पिडित दिलिप बुदामगरको लागी सहयोगी मनहरु सबैमा हार्दिक अपिल गर्दछौ । रुकुम पुर्ब पुथा उत्तरगंगा गाउँपालीका वडा नम्बर १० साबिकको तकसेरा जन्मघर भई हाल सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालीका १० साबिकको लाटीकोईली गाबिस वडा नम्बर ९ शान्तीटोलमा बसोबास गर्ने बर्ष ३४ को दिलिप बुदामगरको दुबै मृगौलामा समस्या भएर राष्ट्रिय मृगौला केन्द्र बनस्थली, काठमाडौंमा बिगत पाँच बर्ष देखि उपचार गरिरहेका छन् । घरको आर्थिक अबस्था अतिनै कमजोर रहेको छ । हप्तामा दुई पटक डाईलासिस गर्दा मासिक तिस देखि पैंतिस हजार खर्च गरेर अहिले सम्म पच्चिस लाख जति सिद्धिएको कुरा भाबुक हुँदै सुनाउनु भयो । कहिले काहीँ आपतकालीन बिरामी हुँदा ७० देखि ८० हजार सम्म खर्च भएर घरको अलिअलि भएको सम्पतीले नपुगेर आर्थिक संकत झेलिरहेको दुखेसो गर्नु भयो । एक दिदि र तिन भाईमा बिरामी मगर कान्छो हुन् । ६ बर्षको कलिलो उमेरमै टुहुरो बनेका मगरलाई एकली आमाले पालन पोषण गर्नु भएको थियो । मनकारी मनहरुबाट सहयोग जुताउन सकिएमा एउटा मृगौला प्रत्यारोपन गर्ने योजना बुनेका मगरलाई दानबिरहरुले उहाँकै नम्बरमा ...