बरम बुढामगर भूमे रुकुम पूर्व भूमे गाउपालिकामा घुम्ती शिबिर द्वारा नेपाली नागरिकताको प्रमाणपत्र वितरण सम्पन्न । रुकुम पूर्वको भूमे गाउपालिकाको वडा नम्बर ६,७ र ८ मा मङ्सिर २८ र २९ गते ५० जना सर्बसाधारणलाइ प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको नेतृत्वमा नेपालि नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो । शिविरमा भूमे गाउपालिका वडा नं.-७ निवासी ८० वर्षिय ज्येष्ठ नागरिक जुकसरा रोकामगर र वडा न.६ निवासी ८५ बर्षीय दल्मा घर्तीमगरलाई पनि नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । साथै ३ जना अपाङ्गलाई पनि नेपालि नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । लाबाङ, कोर्जा, रिसालचौर र तामारी-मा संचालित घुम्ती शिविरमा नागरिकता प्राप्तकर्ता लगायत ५७ जनाको फोटो सहितको मतदाता नामावली समेत संकलन गरिएको भूमे गाउपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनु भयो । शिविरमा सहायक प्रमुख जिल्ला अधिकारि श्रवण कुमार साह, जि.स.स. प्रमुख गजेन्द्र बहादुर ओली, निर्वाचन कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।