Posts

Showing posts from July, 2017

पुथा उत्तरगंगा १२ र १३ काे संगम

Image
 प्रकृतिक सुन्दर ले बरिपुर्न बिर्गुमखानिको ताल साथमा कोल र गर्खानी  गाउ ।

ऊनको वर दिने जिमा बराहा

Image
   मैत्या घर्तीमगर   आदीम काल देखीको परिचित आदीभुुमी तकसेराको तक गाँउमा हरेक परिवार एकआपसमा मिलेर बस्दै आएका छन् । प्रकृती पुजामा बिस्वास गरेर प्रकृतीलाई पुजेर मात्र आफनो भलो चिताउने गर्दछन् । आफना पुर्खाले प्रकृतीमा वर पाएको ठाउँ हो जिमा । तकसेरा गाउँबाट पुर्वमा दिशामा करिब ४ हजार मितर उचाइमा अबस्थित प्रख्यात जिमाथान । हरेक वर्ष जनै पुर्णिमाको दिन ठुलो पुजापाठ र मेला लाग्ने गर्दछ । थानमा ७० देखि ८० वता सम्म भेडा पाठोको बली चडाउने गरिन्छ ।    बुदापाकाहरुको भनाई अनुसार कान्छी प¥यालको एकभाई साहुु प¥यालको नाममा परिचित छन् । त्यही साहुुप¥यालको छोराहरु दुुई भाई आदीवासीहरुको पुुख्र्याैली पेशा भेडी गोठ खुुरसँुु खर्कमा बस्दै आएका थिए । सदाझैँ खाना खाएर गाउला (गोठालो) गईरहन्थे खुुरसुुँमा खर्क जिमा तिर चरण थियो । एक दिनको घटना हो । जिमाको पाखा पखेरामा भेडाहरु चर्दै थिए । जेठो दाईले भेडाको ऊन भुुईमा उम्रिएको देख्यो । लोभले भएबरको बल निकालेर ऊन उखेलन् खोज्यो जती तान्दा पनी उखेलन सकेन तान्दा तान्दै एकछेउमा अलिकति रगत देखियो दुुर्भाग्या उसको गाँडो गयो । केहि सिप नलागे पछि गोठ...

लुगुम गाँउमा झाँक्री राम ।

Image
मैत्या घर्तीमगर   प्राचिन काल देखी नै मगरहरुले मmाँक्रीवाद र प्रकृति पुजामा आस्था राख्दै आएका थिए । अहिले सम्म पनि प्रकृति पूजामा विश्वास राख्छन् । कालान्तरमा अन्य धर्म संस्कृतिको प्रभाबमा परेर बिस्तारै प्रकृति पुजकबाट कोहि हिन्दु कोहि बुद्धिस्ट कोहि इसाइ बनेका छन् । मगरहरुको बाहुल्य रहेका अधिकांश क्षेत्रहरुबाट आफनो प्राचिन धर्म संस्कृति संस्कारहरु लोप भई सकेको छ । रुकुम,रोल्पाको सिमित क्षेत्रमा मात्र अलिकति आफनो प्राचिन धर्म संस्कृति संस्कार अझै सम्म जीवित राखेर प्रकृतिलाई पुजेर जिएका छन् । यसको एउटा जीवित प्रमाण हो प्रत्येक वर्ष श्रावण महिनाको पहिलो हप्ता मंगलबारको दिन गाउँको कालकष्त रोगब्याथा बात बच्न राक्सो (मृतआत्मा) धपाएर पुजा गर्ने प्रचलित झाँक्री राम ।    आ आफनो थरबात अनिबार्य रुपमा एक एक जना झाँक्री गुरघर (निश्चित ठाउँ) मा जम्मा गराएर शास्त्रीय विधी पु¥याएर नाच्ने गर्दछन् । गुरुबाले विधीवत रुपमा कथा सुनाउछ भने अरु शिष्याहरुले लय मिलाएर गाउँछन् । लुगुम गाउँको पुर्व तिर रहेको पानीको मुहान छेउको खुल्ला ठाउँमा मन्त्र झप्दै दिनभर ९ पटक नाचे पछि राक्सो (मृतआत्मा) धपाउन...

अब पूर्वी रुकुम नयाँ जिल्ला बन्ने

Image
        प्रदेश नम्बर ५ मा परेको पूर्वी रुकुमलाई नयाँ जिल्ला बनाउन जनप्रतिनिधिहरुले पहल थालेका छन् । पूर्वी रुकुमलाई नयाँ जिल्ला नबनाउँदा जिल्ला समन्वय समिति गठन गर्न समस्या हुने भन्दै उनीहरुले जिल्ला समन्वय समिति गठन हुनुअघि नै पूर्वी रुकुमलाई नयाँ जिल्लाको मान्यता दिन सरकार र सबै दलका शीर्ष नेताहरुलाई आग्रह गर्ने पहल थालेका छन् । संविधानले पश्चिम रुकुमलाई प्रदेश नम्बर ६ र पूर्वी रुकुमलाई प्रदेश नम्बर ५ मा राखेको छ । निर्वाचन आयोगले पनि सोहीअनुसार पश्चिम रुकुमका ६ स्थानीय तहमा बैशाख ३१ गते र पूर्वी रुकुमका तीन स्थानीय तहमा जेठ १४ गते निर्वाचन गराएको थियो । संविधानले प्रष्टरुपमा एउटै जिल्लालाई दुई प्रदेशमा राखे पनि नयाँ जिल्लाबारे अन्योल रहेको भन्दै भर्खरै निर्वाचित जनप्रतिनिधिहरुले राजधानीमा पुगेर नयाँ जिल्लाका लागि पहल थालेका छन् । उनीहरुले केन्द्रमा प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरुसँग छलफल गरेका छन् । ‘जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु राजधानीमा पुगेर छलफल थाल्नुभएको छ’– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं जिल्ला इञ्चार्ज तेजबहादुर ओली ‘प्रतिक’ले भन्न...

वाला जात्रा

Image
      मैत्या घर्ती मगर      राँके सेरावाला मेला जाऔँ । भाषा,कला,संस्कृर्ती र इतिहास वचाऔँ ।। ऐतिहाँसिक २२ औँ वार्षिक उत्सव मनाऔँ ।।। राष्ट्रको प्रतिष्ठा उठाऔँ ।।।। भन्ने मुल नाराका साथ पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालीकाको वडा न.११ मा पर्ने उपल्लोसेरामा लाग्ने प्रख्यात जात्रा श्री हिमालय श्रृखला चौँरी यूवा कल्वद्धारा आयोजित वालुवा मेला सदाझैँ यो वर्ष पनि धुमधामले कल्वको २२ औँ वार्षिक उत्सव एच.एस.सी.कप २०७४ श्रावण २ गते बिहान १० बजे विविध सांस्कृतिक झाँकीका साथ उत्तरगंगा निमाविको प्रांगणमा  जिल्ला खेलकुद विकास संघका अध्यक्ष हेमराज पुनद्धारा खेल मैदान भित्रका खेलादीलाई बल सर्भिस गरेर  उत्घातन भएको थियो ।    २०५२ सालमा जिप्रकामा विधीवत रुपमा दर्ता गरिएको हिमालय श्रृंखला चौँरी युवा कल्वले पर्दा पछाडी लुकेर रहेका प्रतिभाहरु प्रर्दशन गर्ने अवसर जुराई दिएको छ । खुल्ला महिला तथा पुरुष रनिङ्ग शिल्द तथा दोहोरी गित प्रतियोगिताले रोचक हुनेछ । पुरुष भलिबलमा पुरस्कार क्रमश ६०,३०,२० हजार सान्तवनालाई ३ हजार तथा महिला भलिबलमा पुरस्कार क्रमश ३०,२५,१५...

पुथाउत्तरगंगा १० र ११ को चुनाबी सभा देखि मतदान सम्म |

Image
(फोटो कथा) नेपाली कांग्रेसको सभा नेकपा एमालेको सभा | नेकपा माओबादी केन्द्रको सभा | मतदान केन्द्रमा सुरु देखि समापन सम्म |  

राँखेमा छोपस्या

Image
    पुर्वी रुकुम खामभाषी इलाकामा आफुले माना छरेर मुरी फल्न लगाएको अन्न तथा फलफुल साउने सङरातमा थानमा चडाएर पुजा नगर्दा सम्म औलो (घाम) लाग्छ भनेर खाँदैन्न् । १ गतेको दिन अनाज र फलफुल जम्मा गरेर ल्याउँछन् । साँझपख आ आफनो घरको ठाला (छट) मा थान बनाएर फलफुल चडाएर राँको बालेर पुजापाठ गरेपछि घर परिवार एकै ठाँउमा भेला भएर परिवारको मुलीले अनाज सबै सदस्यलाई चखाउँछ ।  घरको एक सदस्यले कालोमास, लुतो, प्राकृतीक विप्ती, महामारी, भोकमरी जस्ता अनिस्त हाम्रोमा नपसोस  सुबिकाल र सुखशान्ती मात्र हाम्रो घरमा छाओस भन्ने कामना गर्दै चार वटा अगुल्तो त्ताङ मुनी तिन पटक उल्तो सुल्तो नाघेर चारै दिशा तिर फाल्छ । इस्तकुतुम्भ भेट भएर नया अन्न र फलफुल चाख्दै भोजभटेर तथा नाचगान गरेर मध्यरात सम्म रमाईलो गर्ने गर्छन् । २ गते बिहानको खाना खाएर हर्ष उल्लासका साथ एकले अर्कालाई शिरमा हिलो लगाईदिएर छोपस्या सुरुवात गरि साईनो पर्ने युवायुवती विच दिनभर हिलो खेल्ने गर्छन् । हिलोमा रमेर कालोमासको लुतोमैलो लाई शरिर बाट पखाली नुवाई धुवाई गरेर युवतीहरुले मार (सुङ्गुर), दाउरा र खानेकुराको जोहो गरि भेना (युवा) हरुला...