Posts

Showing posts from May, 2018

रुकुम महोत्सव उद्घाटन दिउँसो १ बजे

Image
रुकुम बैशाख २६ रुकुमपर्यटन तथा साँस्कृतिकमहोत्सवको उद्घाटन भोलीविहीबार दिउँसो १ बजे हुने भएको छ । रुकुमयातायातप्राली, युवा सञ्जाल रुकुम र ग्राण्डि इन्टरनेशनलहोलिडेजले सयुंक्त रुपमाआयोजना गरेको महोत्सवको उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको महोत्सवमुलआयोजक समितिकाअध्यक्ष केशव रावलले जानकारी दिनुभयो । ‘हामीले सबै तयारी सकेका छौं,’अध्यक्ष रावलले भन्नुभयो, ‘अबउद्घाटनको मात्रै कार्यक्रमबाँकी छ ।’महोत्सवउद्घाटनको दिनमहोत्सवको औपचारीकउद्घाटन तथाअन्यविविधकार्यक्रमहुनेछन् । महोत्सवमाविभिन्नकिसिमकाझाँकीप्रर्दशन, भूमे, मयुर नाँचलगायतकाप्रर्दशनगरिने छ । उद्घाटनको दिनमहोत्सव स्थलमानिःशुल्कप्रवेश पाउने व्यवस्थागरिएको छ । महोत्सवमा ६० हजार दर्शक आउने लक्ष राखिएको छ । महोत्सवपश्चात रुकुमको पर्यटकीय चिनारी भिडियो डकुमेन्ट्र निर्माण, पर्यटकीय पुस्तकचिनारी प्रकाशन गरी रुकुमको समग्र प्रचार प्रसारमा टेवापुर्याउने उद्देश्यपनिमहोत्सवले राखेको छ । ‘प्राकृतिक सुन्दरताहाम्रो सान, कमलताल र सिस्ने हाम्रो मान, साँस्कृतिकविविधताबीचएकताहाम्रो पहिचान’भन्ने नारा तय गरिएको छ । महोत्सवको अवधिमा एक लाख पुरस्का...

हुकाममा एउटै विद्यालय दुई ठाउँमा संचालनमा समस्या

Image
अशोक घर्ति मगर हुकाम,२६ बैशाख  पहिले एउटा ठाउँबाटै संचालन भएको विद्यालय सिङ्गो हुकाम गाविसका बासिन्दालाई सहज र सजिलो होस् भन्नका लागि कक्षा शिशु देखि पाँच सम्म पहिलेको यथास्तानमै र कक्षा ६ देखि १० सम्म हुकामको रिसलामा सारेर  संचालन हुन गएको थियो। विद्यालयको नाम एउटै तर दुई ठाउँमा संचालन हुँदा जनतालाई सहज विव्यस र शिक्षक शिक्षिकालाई प्रशासनको व्यवस्थापन गर्न ठूलो चुनौती परेको छ।  साथै प्रहरी चौकीको जग्गा भएको ठाउँमा विद्यालय रहदा प्रहरी चौकी हुकामले पटकपटक विद्यालयलाई अन्तै सार्ने सुझाब दिदै आयको थियो ।  आफ्नै जग्गामा बस्दा कुनै भाडा लाग्दैनथ्यो अहिले घर भाडा तिरेर बस्नुपर्ने बाध्य भएका छौँ  भन्ने प्रहरी चौकी हुकामको गुनासो रहँदै आएको थियो। अहिले प्रावि भवनमा २०७३ चैत महिना बात  प्रहरी चौकी हुकामको पोस्ट सरि सकेको छ। यस्तै समस्याहरुले गर्दा विद्यालयको प्रशासन देखि हरेक कुरामा सहज र मर्यादित होस भन्ने हेतुले दुई ठाउँमा संचालन भएको विद्यालय एकै ठाउँमा संचालन हुने भएको हो। विद्यालय तत्कालीन नयाँ शैक्षिकसत्र २०७४ साल बैशाख बाट  रिसलाको मावि भएको ठाउँमा बाट ...

आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा संकाय पद्दती हटाउने तयारी

Image
वैशाख २३, २०७५ सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नबनाउने भएको छ ।  कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै विभिन्न संकायको रुपमा अध्ययन अध्यापन गराउने पद्धति हटाएर अब कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको छ । शिशुकक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीय ९सिंगल ट्रयाक० का रुपमा जाने भएको छ । नीतिगत निर्णय भए पनि पाठ्यक्रमको स्वरुपलार्इ अन्तिम रुप दिन भने बाँकी छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन बनेपछि वर्ष २०४९  बाट कक्षा ११ र १२ अलग शैक्षिक संरचना बनेको थियो । त्यही बेलादेखि विश्वविद्यालयमा जस्तै विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा समूहको अलगै  संकाय प्रणाली चलेको थियो । दुर्इ हजार ६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाएपछि कक्षा ११ र १२ को संरचना झन बलियो बन्यो । तर यो तह २५ वर्षमै परिवर्तन भइ विद्यालय शिक्षामा गाभियो र...

५ न.प्रदेशको लोगो सार्बजनिक

Image
२३   वैशाख , बुटवल ।   प्रदेश ५ का सांसदहरुको पहिचान दिने लोगो निर्माण भएको छ । लोगो बनाउनका लागि ०७४ फागुन २४ गते मिडियामार्फत रुपमा नमूना आव्हान गरिएकोमा १२ जनाले सहभागिता जनाएका थिए । सोमबार एक कार्यक्रम गरी लोगो , पुस्तक , बेवसाइट सार्बजनिक गरिने छ भने लोगो निर्माणकर्ता २ जनालाई सम्मान गरिने छ । कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती , उपसभामुख कृष्णी चौधरी , आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी तथा अन्य मन्त्रीहरुको उपस्थिती रहने प्रदेशसभा ५ सचिवालयले जनाएको छ । प्रदेशसभा ५ सचिवालय अनुसार सहभागिता जनाएका १२ जना मध्येबाट दाङको तुलसीपुर उपमहानगरपालिका - १ का खगेश्वर भण्डारीले प्रदेशसभा सदस्यका लागि निर्माण गरेको लोगो छनौट गरिएको छ । भण्डारी प्रथम भएका छन् । उनलाई सोमबार एक समारोहका बीच नगद २५ हजारले पुरस्कृत गरिने छ । लोगो   पुथा   हिमाल , गौतमबुद्ध जन्मस्थल लुम्बिनी , धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको छ । त्यस्...

महोत्सवको तयारी अन्तिम चरणमा

Image
रुकुम, २४ बैशाख बैशाख २७ देखि जेठ ७ गते सम्म मुसीकोट नगरपालिका–१, मा हुने रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि अतिथि बोलाउने, कार्यक्रम तय गर्ने लगायतका काम भैसकेका छन् । हाल महोतसव मुल समारोह समिति महोत्सवको प्रचार प्रसारमा केन्द्रीत भएको छ । महोत्सव अवधिभर ६० दर्शक भित्र्याउन तयारीका साथ प्रचार प्रसारलाई घनिभुत बनाइएको मुल आयोजक समितिका अध्यक्ष केशव रावलले बताउनुभयो । अध्यक्ष रावलका अनुसार जिल्ला भित्र, छिमेकी जिल्ला र अन्य जिल्लामा पनि प्रचार प्रसार जारी छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धन गरी विकासमा टेवा पु¥याउने लक्षको साथै जिल्लाको साँस्कृतिक चलन, भेषभुषा, नागानको प्रचार प्रसारको उद्देश्य पनि राखेको छ । यो महोत्सले रुकुम केहो भन्ने चिनोस् भन्ने उद्देश्य राखिएको छ, अध्यक्ष रावलले भन्नुभयो, हामीले जति सक्यो रुकुमको स्थानीय ब्राण्ड प्रर्दशन र विक्री गर्ने उद्देश्य राखेका छौं । महोत्सव स्थलमा सबै किसिमका गरी एक सय वटा स्टल तयार भैसकेका छन् । महोत्सव राखिएका स्टलबाट स्वास्थ्य, शिक्षा, पर्यटनस...

रामाझिमा थानमा हिउँमा पुजा (फोतो फिचर)

Image
मैत्या घर्ती मगर रुकुम पुर्ब २० बैशाख २०७५ हिमाली जिल्ला पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालीका साविकको तकसेराको रामाझिमा थानमा हिउँ छिचोलेर बली चदाईएको छ । समुद्री सतह बात ४ हजार मिटर उचाइमा अबस्थित रामाझिमा थानमा बैशाखे पुर्णिमाको अबसर पारेर तकसेराको श्रीप्रसाद बुदा मगरले भेडा पाठोको पुजा गरेका हुन् । बुवा आमा र भेना (भान्जा) सहित गएर पुजा गर्नु भएको थियो । पुरै लेकाली भुभागमा पर्ने रामाझिमा वर्षा याममा वस्तुभाउको चरण क्षेत्र र हिउँदमा हिउँले धप्पकै दाकेको हुन्छ । यहाँ रहेको बराहा थानमा पुजा गरेमा मनोआकांक्षा पुरा हुने जनबिस्वास रहेको छ । हरेक वर्ष जनैपुर्णिमाको दिन ठुलो मेला लाग्नुका साथै पुजापाठ गरिन्छ । रोल्पा जलजलाको देवता र रामाझिमाको देवता दुई भाई हुन् भन्ने कुरा बुदापाकहरुको कथन छ । अहिले सम्म तकसेराका मानिसहरुले एक वर्ष रामाझिमामा रामा र एक वर्ष जलजलामा गामा बराहाको नाममा बलि चदाउँछन् । पर्यकिय गन्तब्यको संभावना भोकेको रामाझिमा बुकिपातनमा जाने हैन त