Posts

Showing posts from May, 2017

भलिबल अब राष्ट्रिय खेल

Image
 मैत्या घर्ती मगर    मुलुकको राष्ट्रिय खेल के भन्नेबारे ला समयदेखिको बहस टुंगो लागेको  छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन । सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो । नेपाल भलिबल एशोसियसन राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका खेल संघहरुमध्ये निक्कै सक्रिय थोरै संघहरुमा पर्छ । बार्षिक क्यालेण्डर बनाएर ब्यवस्थित रुपमा नेपाल भलिबल संघ सक्रिय छ । राष्ट्रिय खेल बनाएपनि नेपालमा भलिबल खेल्न एउटै सुविधासम्पन्न कवर्डहल छैन । त्रिपुरेश्वरमा भएको हल पनि गोरखा भूकम्पले क्षतविक्षत भएको र अहि...

पुथाउत्तरगंगा १० र ११ मा निर्विरोध

Image
  मैत्या घर्ती मगर   आगामी जेष्ठ ३१ मा हुन गईरहेको स्थानीय निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिका १० र ११ मा निर्विरोध निर्वाचित गरिएको छ । वडा नम्बर १० मा ज्योती प्रकाश गुरुङ्ग र वडा नम्बर ११ मा विश्व बुदा मगर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । साविकको तकसेरा गाविसका स्थानीय,बुद्धिजिवी र राजनितीक दलको आपसी सहमतिमा निर्वाचित घोषणा गरिएको छ । तकसेराको हितमा काम गर्न सक्ने देखेर दुई जनालाई छानिएको र समाजमा धेरै योगदान गरेको हुनाले अगाडी सारीएको कुरा राजनितिक दलका अुवाहरुले बताएका छन् ।  

पुथाउत्तरगंगामा तिन घर्तीहरु भिड्डै

Image
मैत्या घर्ती मगर   देश संघियतामा प्रवेससँगै रुकुम जिल्ला दुई भागमा बिभाजित भयो पुर्वी र पश्चिम रुकुममा । एकातिर खुसियालीको दियो बाल्दै गर्दा अर्को तिर अखण्ड रुकुमको आन्दोलनले रुकुमेली जन्तालाई सडकमा र्ओलायो । सरकारले गरेको निर्णयमा रुकुमेली जन्ताको हर्ष र बिष्मात बराबर पाईयो भने निश्चित सिमाङ्क नभएर अन्योलता छाइ रहयो । अन्ट्ट प्रचण्ड सरकारले आधीकारीक रुपमै रुकुमकोत देखि माथीका खामभाषी इलाकालाई ५ न. प्रदेशमा राख्ने निर्णय गरेर रुकुमेली जन्ताहरुको अन्योलतालाई हताई दियो । साथै रुकुममा स्थानीय निर्वाचन दुई चरनमा हुँदा ६ न.प्रदेशको बैशाख ३१ गते सम्पन्न भयो भने ५ न.प्रदेशमा आउँदो जेष्ठ ३१ मा निर्वाचन हुँदैछ । राजनितीक दलहरुले आ–आफ्नो विश्वासिलो र ससकत्त जुझारु तथा सहि निर्णय गरेर समाजलाई सहि दिशामा पहिल्याउन सक्षम ब्याक्तिहरुलाई चुनावी मैदानमा उतारदै छन् । ५ न.प्रदेशको पुथाउत्तरगंगा गाउँपालीकामा पनि तिन ठुला राजनितिक दलले गाँउपालीका प्रमुख पदमा आफ्ना उमेरद्धवारको नाम सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस बाट प्रमुखमा काजीमान घर्ती मगर उप प्रमुखमा रुबीना घर्ती मगर नेकपा एमाले बाट प्रमुखमा...

नमस्ते तकसेराअनलाइन

Image
         मगर्नी चेलीहरुले पहिरिने मगर पहिरनको तस्बिरहरु  | 

भुमिनाच प्रारम्भ

Image
 मैत्या घर्ती मगर   उभेली समयमा मगर समुदायमा वाजागाजाहरु बन्द हुने भएकाले खासगरि पञ्च वाजाहरु वजाउने गरिदैन् । वाजा फुकाउनको लागि जेठ १ गतेको दिन गाँउका युवायुवतीहरुले पञ्च भलादमीहरुको साथमा वाजा फुकाउछन् । त्यसपछि वुकीतिर फुल टिप्न जान चुरी डुँग्रा छोएर वाचा कबोल गर्ने गर्दछन् । विधिवत रुपमा वाजा फुकाएको उतm दिन देखि प्रत्येक साँझ हरेकगाँउका चोक चौतारामा सबै युवायुवतीहरु भेला भई जेठ मसान्त सम्म नाच्ने चलन रहेको छ । युवायुवतीले चुरी डुँग्रा छोएर फुल तिप्न गएन भने दोकेवाज ठहरिनुका साथै उसलाई वाचा गरेको सराप लाग्छ भन्ने जन विश्वास छ ।     यो वर्षको बिदाई र नयां वर्षको आगमनको खुसियालीमा खामभाषी बस्तीमा यो दिन देखी असारको पहिलो हप्ता सम्म हर्ष उल्लासका साथ नाचेर मनाउने गर्दछन् । असार १ मा भुमिपुजा गरे लगतै अघिल्लो वर्षको कार्य समितीलाई बिदाई गर्दै नया कार्य समिती चयन गरेर वर्ष भरिको बिधी विदान तयार पारेर जिम्मेवारी दिने गरिन्छ् । र करिब एक हप्ता सम्म मनाएर अन्तिम दिन बिधीवत रुपले औपचारिक रुपमा सगुन स्वरुप बोजोको पात एक आपसमा लगाई दिएर बिदाई गर्ने गरिन्छ ।  

यार्सा पातनमा हिमपात

Image
 मैत्या घर्ती मगर   बहुमुल्य जडिबुती यार्सागुम्बा अबैध चोरी निकासीको सुरक्षाको लागी यार्सा भुमिको नाका नाकामा तैनाथ यार्सा सुरक्षाकर्मीहरुको भारी हिमपातले गर्दा दैनिकी कष्तकर भएको छ । विशेष गरि दुधे बालक र महिलाहरुलाई चिसोले गर्दा बसाईमा समस्या र हिडडुलमा कठिनाई भएको स्रोतले बताएको छ । यसपालीको बेलाबेलाको मौसमी वर्षाले खुसियाली भने छाएको छ । यार्सा छितो उम्रिने र स्थानीय निर्वाचनमा आफुले चाहेको उमेरद्धवारलाई भोत दिएर आफनो हक अधिकार सुनिस्चित गर्न आतुर देखिएका छन् ।

मैकोटमा यार्साको चतारो

Image
  मैत्या घर्ती मगर         रुकुम जिल्लालाई दुई भागमा बिभाजन गरे सँगै पुर्वी रुकुमको साविक्को ११ वटा गाविस ३ गाँउपालिका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाँउपालिका ५ न. प्रदेशमा जोडियो स्थानीय निकायको निर्वाचन दोस्रो चरणमा हुने सरकारी निर्णयसँगै पुथा उत्तरगंगा गाँउपालिकाको १ र २ न.वडाका मैकोटवासीहरु बहुमुल्य जडिबुती यार्सागुम्बा अबैध चोरी निकासीको सुरक्षाको लागी यार्सा भुमिको नाका नाकामा तैनाथ छन् । यसपाली सुरक्षामा खतिएका सुरक्षाकर्मीहरु ५० प्रतीशत त महिला र दुधेबालक सहित आमाहरु सरिक भएका छन् । १ न. वडा बात अभिमान नेपाली (सन्देश) र २ न. वडा बात धर्मजित कामीले क्याम्प सुरक्षा कमाण्डरको जिम्मा लिएका छन् । यार्सा पातनमा करिब तिन सय जना सुरक्षा दस्ता खदा भएका छन् ।      एक घर एक सुरक्षा दस्ता निति लिएको यार्सा सिजन ब्यावस्थापन समिती २०७४ मा पञ्चायत कालको पुर्वप्रधान पञ्च छाँया बहादुर पुन मगरको अध्यक्षतामा १५ सदस्यको सिजन समिती गठन भएको छ । यसपाली मैकोटले बिल्कुलै नया समुह द्धारा सिजनको जिम्मा पाएको र यो वर्ष सुरक्षादस्ताले सिजन ब्याबस्थापन बात कुनै पनि ख...

ऋतुहरुमा तिमी हरियाली बसन्त |

Image
१ बसन्त ऋतु २ ग्रिष्म ऋतु ३ वर्षाद ऋतु ४ शरद ऋतु ५ हेमन्त ऋतु ६ शिशिर ऋतु 

पनथ्यौली

Image
       मैत्या घर्ती मगर    प्राकृतिक पुजक आदीवासीहरु प्रकृतिलाई पुजेर मात्र हरेक कामको शुरुवात गर्दछन् । भुमिमा रहेका खोलानाला,वन,जंगल,ढुङ्गा,मातो र हरेक प्राणीको परनिर्बत्तामा बाँचेका आदीवासीहरु प्रकृतिसँग मिठो साईनो गाँसेर जिएका छन् । प्रकृतिसँग गहिरो सम्बन्ध गाँसेका आदीवासीहरु प्रकृतिलाई पुजेर अलौकीक शतिm प्राप्त गरिने विश्वास सहित वन देवतालाई खुशी पार्दै आत्म शन्तुस्ती लिने गर्दछन् । बातोमा हिँड्डै जाने क््रmम्मा आफनो यात्रा सफल र सुखमय होस बनेर प्रकृतीलाई पुकार्दै फुल,धव्जा,अक्षता चढाएर पनथ्यौलीमा चिसो बतासको शुसेलीमा बसेर विश्राम लिन्छन् । विशेष गरि आदीवासीहरुको पुख्र्यौली थलोमा हरेक पाखा पखेराको अग्लो नेटो पार गर्ने बेला मातो र दुङगाले बनाईएको मठलाई नै पनथ्यौली भन्निछ् ।