Posts

Showing posts from October, 2018

तकसेरा समाज नेपालले भबन निर्माण सहयोगार्थ देउसीभैलो खेल्दै

Image
मैत्या घर्तिमगर काठमाडौं १० असोज २०७५   शनिबार तकसेरा समाजले तिहारको अवसरमा भबन सहयोगार्थ रकम सङ्कलन गर्न देउसीभैलो खेल्ने भयको छ | तकसेरा समाज नेपालको अध्यक्ष बाग्लाल बुढामगरको अध्यक्षतामा बसेको नियमित वैठकले सो निर्नै गरेको हो |  तकसेरा समाज नेपाल रुकुम पूर्व पुथा उत्तरगंगा १० र ११ नम्बर वडा साबिकको तकसेरा गाविसमा जन्मेर काठमाडौंलाइ कर्मथलो बनायर स्थाई वा अस्थायी रुपमा बसोबास गर्नेहरुको साझा थलो हो | २०६८ सालमा स्थापना भयको तकसेरा समाजले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ | यस बर्ष पनि तकसेराबासीहरुको भेतघात तथा शुभकामना आदानप्रदान र समाजको भबन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम २०७५ को आयोजना गरियको अध्यक्ष बुढामगरले जानकारी दिनु भयो |  ८ बर्षको अन्तरालमा हरेक समस्या र अप्ठ्यारो झेल्दै सहयोगी मनहरु बाट सीतापाइलामा समाजको नाममा जग्गा खरिद गरिसकिएको छ अबको संकलित पैसाले आफ्नै भबन निर्माण गर्ने योजना रहेको अध्यक्ष मगरले सुनाउनु भयो | सुन्दर समाज निर्माण गर्न   कला, भाषा, स्कृति तथा इतिहासको संरक्षणको साथ जीवित राख्दै नया पुस्तामा पुस्तान्तरण गर्ने उधेश्यका ...

election in takasera 2074/08/10

Image

रुमालाबारामा आगलागी नगद सहित घर जल्यो, एक घाईते

Image
 मैत्या घर्तिमगर रुकुम पूर्व रुकुम पुर्वको सिस्ने गाँउपालिका ५ रुमालवारामा एक घरमा आगलागी भएको छ । घरमा मासु पकाउने क्रममा एक्कासी कराईको तेल बलेर सिस्ने गाउँपालिका ५ निवासी दिलबहादुर वुढामगरको (छोरा ज्ञान प्रसाद बुढा मगर) को घरमा गएराति साढे एघार बजे आगलागि हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सहित दुइ लाख पचास हजार बराबरको सम्पति जलेर नष्ट भएको छ । आगलागी बात  खरले छाएको एकतले घर पूर्ण रुपमा क्षती भएको र एउता  भैँसी समेत जलेर घाइते भएको थियो । आगलागीबाट वुढाकी श्रीमति ३६ वर्षिय मोतिकला वुढा जलेर घाइते हुनुभएको छ । हात, खुट्टा र ढाड पोलिएर छटपटीमा रहेका थिय । उपचारको लागी उहाँलाइ राति नै जनस्वास्थ्य रुकुमकोटमा लगीएको थियो । त्यहाँको सामान्य उपचारपछी जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा रीफर गरीएको थियो । त्यहाँ पनि उपचार असम्भव भएपछी वुढालाइ शनिवार दिउंसो नेपालगञ्ज रीफर गरीएको छ । यसैबिच आगलागि  पिडीतलाई राहात वितरण गरीएको छ । बस्ने बास र खाने गास समेत नरहेपछी घट्ना लगत्तै घटनाको जानकारी हुनासाथ प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा  ५ नम्...

how to watching good dance.

Image

रुक्मिणि उच्च माबिमा पूर्व बिधार्थीको भेतागात तथा चियापान

Image
मैत्या घर्तिमगर रुकुम पूर्व २०७५ कार्तिक १ गते   रुकुमकोट उच्च माध्यमिक बिद्यालयमा २०४८ सालमा एसएलसी दिएका समुहको चियापान तथा भेतागात कार्यक्रम सम्पन्न भयो | बिक्रम सम्बत   २००४ सालमा स्थापना भएको श्री रुक्मिणि उच्च माध्यमिक बिध्यालय रुकुमकोट स्वर्गीय श्री उपेन्द्र बहादुर शाहको अध्यक्षता र स्वर्गीय श्री प्रशुराम उपाध्याय प्रधानाध्यापक रहेको रुकुम मा आज एक ऐतिहासिक कार्यक्रमको थालनी भएको छ ।   यो कार्यक्रमको थालनी गर्न यस बिध्यालयबाट २०४८ सालमा SLC मा सहभागी भयका सम्पुर्ण बिध्यार्थिहरु ले सम्पूर्ण बन्दोबस्त गरेका थिय |   सबै बिधार्थीहरु आहिले विभिन्न पेसा व्यवसायमा   रहे पनि दशैंको अबसर पारेर धेरै बादा अवरोध भय पनी आफुले अध्ययन गरेको बिध्यालयलाई प्रगति पथमा हिडाउन सदैव एक भयर जाने प्रतिबद्धता जनाएका छन् । बिध्यालयको लागि अहिलेसम्म विभिन्न सहयोग गर्नु हुने सम्पुर्ण अग्रज एव शुभ चिन्तक प्रती आभार प्रकट गर्दै  पुर्ब बिध्यालय ब्यबस्थापन समिती अध्यक्ष एव प्रधानाध्यापकहरुलाई सम्मान गरि एको थियो । एउटा ईतिहा सिक कामको सुरुवात पूर्व बिधार्थी समूह बाट भयको हो...

putting khir

Image

Dog barking haw haw haw.

Image

दशैंमा सामुहिक रुपमा मासु बिलो थर थरमा तयारी गर्दै ।

Image
मैत्या घर्तिमगर रुकुम पूर्व २०७५ असोज ३१ गते   महाअष्टमी को दिन आज मगर समुदायमा आ-आफ्नो थर थरमा राँगाको मासु बिलो लगायर बाँड्ने चलन रहेको छ | रुकुम पूर्वको मगर समुदायमा आज बिहानै पर्त्येक टोल टोलमा पुरुषहरु जम्मा भएर आ-आफ्नो बजेटले धान्ने सम्मको मार हानेर मासु खाने गर्दछ्न । वर्षभरि भाइ बन्दुमा घास काट्ने डुंगा,काठ बोक्ने र घर बनाउने काम तथा सार्बजनिक काममा श्रमदान गरेर उठेको रकम कुलमा कसैको छोरो जन्मिदा, कुनै व्यक्ति बिदेश बाट बिदामा घर आउदा दाजुभाइले फूलपाती लगाइदिदा खुसियालीमा दिएको रकम जम्मा पारेर   मगर समुदायमा दशैको तिन दिन पहिले राँगो मारेर सबै भाई बन्दु मिलेर खाने चलन अहिले सम्म रहेको छ |  जम्मा भयको रकम दशमीको दिन हिसाब गरि खर्च कतायर बाँकी रकमलाइ बार्षिक चालिस प्रतिसतमा ब्याजमा ऋण दिने गरेको साबिकको तकसेरा गाबिसको तक गाउँको घर्ति थरका तहबिल (कोषध्यक्ष्) कालु घर्ति मगरले बताउनु भयो | हाम्रो पुर्खाहरुको पुर्ख्यौली पेशा गाईभैसी, भेडाबाख्रा गोठालाहरु उच्च हिमाली भेग बाट गाउँमा झारेको, परदेशमा छिरेको परदेशीहरु एकै ठाउँमा भेला भयको खुसियालीमा रमाइलो गर्न र घरमा भएका...

funny in rankhe jhatra

Image

Water fall in village.

Image

sheep cross the river.

Image

TWO WIFES HUSBAND BALMAN KAMI

Image

Tasty Potato Snacks

Image

दशैँको अबसरमा जन सेवा युवा कल्वले बार्षिकोत्सव मनाउदै

Image
बरम बुदामगर रुकुम पुर्ब २०७५ असोज २७ गते दशैँको अबसरमा जन सेवा युवा कल्वले बार्षिकोत्सव मनाउने तयारिमा जुत्दैछन् । पुथा उत्तरगंगा गाउँपालीका १० न. वडामा रहेको साबिकको तकसेरा गाबिसमा अबस्थित बाच्छीगाउँले यसपालीको बडादशैँको अबसर पारेर खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । खुल्ला पुरुष तथा महिला भलिबल खेल खुल्ला दोहोरी गित तथा नृत्य प्रतियोगितामा भाग लिन सकिनेछ । भलिबल पुुरुष प्रथमलाई रु तिस हजार,बिस हजार,दश हजार तथा महिला प्रथमलाई बिस हजार, पन्ध्र हजार र दश हजार क्रमशः द्धितिय र तृतिय बिजयी खेलादीलाई पुरस्कार राशि राखिएको कुरा जन सेवा युवा कल्बका अध्यक्ष काले पुनले जाननकारी दिनुु भएको छ । स्थानिय लोक गित तथा नृत्यको साथमा दोहोरि गितको बेजोड घम्सा घम्सीमा पनि पुरस्कार प्रधान गरिने बताउनु भयो । बिगतमा कल्बको सदस्य रहेर धेरै सामाजिक सेवा तथा खेलकुद प्रतियोगितामा भाग लिएर पुरस्कार र शिल्ड मेडल कल्बको अफिसमा सजाउन सफल खेलादिहरु बिदेशी भुमिलाई कर्मभुमि बनाएर बसेका भुपु खेलादी तथा सदस्य र सामाजिक सदभाब राख्ने महानुभाबहरुले कल्बको लागी यसपालीको दशैँको कार्यक्रमको शिल्ड मे...

kabaddi

Image

मगर संघ अमेरिकाको केन्द्रिय कार्यलय न्युयोर्कमा स्थापना

Image
दिप सागर बुढा मगर  न्युयोर्क २०७५ असोज २४ गते बुधबार  अमेरिकामा छरिएर रहेका मगरहरुको मुल घर मगर संघ अमेरिका केन्द्रिय समितिको कार्यलय न्युयोर्कमा स्थापना गरिएको छ । यहि अक्टोबर 8 का दिन एक कार्यक्रमको आयोजना गरेर मगर संघ अमेरिकाको संस्थागत कार्यालय ४००८ ७६ स्ट्रीट एलमोस्ट (Elmhurst) क्वीन्स मा समुद्घाघाटन गरिएको छ । मगर संघ अमेरिकाको यो ऐतिहासिक संस्थागत कार्यलय स्थापनाको समुद्घाटन समारोहका प्रमुख अतिथि आदिवासी जनजाती महासंघ अमेरिकाका बरिस्ठ उपाध्यक्ष राजकुमार बिष्ट र नेपाली जनसम्पर्क समितिका महासचिव मुनिन्द नेम्वाङ तथा मगर संघ अमेरिकाको केन्द्रीय अध्यक्ष कुलदिप राना मगरले संयुक्तरुपमा नेपालका प्रथम सहिद लखन थापा मगरको तस्बिरमा खादा अर्पण गरि गरेका थिए ।  अमेरिकामा रहेका मगरहरुलाई सांगाठनिक  गर्नको लागि सन 2004 मा दल बहादुर बुढाथोकी मगरको अध्यक्षता लाङगाली संघ अमेरिका गठन गरिएको थियो भने सन 2011 मा मगर संघ अमेरिकामा परिणत भएको थियो । अमेरिकामा छरिएर रहेका मगरहरुको छाता संघठनको रुपमा लाङगाली संघ अमेरिका हुँदै मगर संघ अमेरिका सम्म आउँदा विविध करणहरुले गर्दा संस्थागत का...

Rainbow Trout fish fram रेन्बो ट्राउट माछा पालन

Image

Live dohari song सुर्य पनि लाग्छ मदुरो

Image

lucky dra

Image

जातीय संघसंस्थाले आयोजना गरेको कार्यक्रममा ‘मातृभाषा’मै बोल – भाषा आयोग

Image
  काठमाडौँ २०७५ असोज १८ गते भाषा आयोगले सम्बन्धित समुदायका प्रतिनिधिले भाषासम्बन्धी औपचारिक कार्यक्रममा मातृभाषामै बोल्नुपर्ने नीति अघि सारेको छ । आयोगका अध्यक्ष लवदेव अवस्थीले यसो गर्दा सम्बन्धित मातृभाषीको हीनताबोध हट्ने र मातृभाषा प्रयोगमा प्रेरणा मिल्ने बताए । ‘भाषा नबुझ्नेका निम्ति अनुवाद गराउन उपयुक्त हुन्छ,’ उनले भने । मातृभाषी समुदायमा अधिकांश कार्यक्रम नेपाली भाषामै सञ्चालन हुने गरेको छ । नेपालमा बोलिने प्राय: सबैजसो भाषाको संरक्षण, संवद्र्धन गर्न सम्बन्धित समुदायले संस्था गठन गरेका छन् । ती संस्थाको नेतृत्व गर्ने पदाधिकारी, सदस्यले कम्तीमा मातृभाषा बोल्न जानेको र अभिव्यक्ति दिन सक्ने हुनुपर्ने आयोगको ठम्याइ छ । ‘संस्थाका पदाधिकारीहरू मातृभाषाको अभियन्ता भनेर आउँछन्,’ आयोगका उपसचिव तोयानाथ खनालले भने, ‘तर मातृभाषा जान्दैन र जान्ने कोसिस गर्दैनन् भने अभियन्ता भन्नुको औचित्य देखिँदैन ।’ आयोगको कार्यालयमा धाउने कतिपय जातीय संस्थाका प्रतिनिधिहरू मातृभाषा नजान्ने आएको खनालले जनाए । ‘राउटेका नाममा भाषा नजानेका मान्छे आए,’ उपसचिव खनालले भने, ‘तर, त्यसको अध्यक्ष सम्बन्धित समुदायक...

Tole Gifting For Daughter.

Image

तकमा आज मकै फुकुवा भयो

Image
बरम बुढामगर तकसेरा २०७५ असोज १८ गते रुकुममा अहिले सम्म प्रथाजन्य नियम कानुन कायमै रहेको छ । पुथा उत्तरगंगा गाउँपालीकाको वडा नम्बर १० तकगाउँमा पञ्चभलादमीको निर्णय बिना आफुले फलाएको अन्न पनि घरमा भित्राउन पाईदैन । यदि कसैले जबरजसती ल्याउन खोजेमा डण्डजरिवाना तिराउने चलन रहेको छ ।  आज बिहनै देखि नया अन्न घर भित्राउन गाउँलेहरु तँछाडमछाड गदै मकै बोकि रहेका छन् । सबै गाउँले एकैसाथ अन्न घर भित्राउने चलन पुर्खौ देखि चलि आएको हुँदा यसलाईनै निरन्तरता दिएको १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङ्गले बताउनु भयो । यहाँ राज्यको नितिनियम बाहेक छुटै आफनै कानुन रहेको छ । हरेक बर्ष असार १ गते भुमिपुजाको दिन आयब्याय प्रस्तुत गरेर पारित भएपछि पुरानो कार्य समितिलाई बिदाई गरेर नया कार्य समिति चयन गर्ने चलन रहेको छ । बर्ष भरि चरिचरण, डण्डजरिवाना तथा गाउको हितमा कति के गर्ने भनेर नया समितिले पारित गर्छन् । कुनै पनि काम गाउलेलाई कटुवाल (स्वयमसेवक) द्धारा सुचित गरिन्छ । लापरबाही हुँदा चरिचरण क्षेत्र, बोतबिरुवा संरक्षण नहुने अन्नपात चोरिने समस्या तथा हामी बिचमा आपसी मेलमिलाप छ भन्ने सन्देश र पुर्खाले पहिल्याएको...

अाज बाट बाटो खुले पछि यातायात सुचारु ।

Image
बरम बुढामगर रुकुम पुर्ब २०७५ असोज १७ गते बर्षायाम रोकिएसँगै शरदत्ऋतुको आगमनले घर अागनमा खुशियाली छाएको छ । बर्षाले चार महिना सम्म रोकिएको बाटो मर्मतको काम सिद्विए लगत्तै अाज देखि  यातायातका साधन सुचारु भएको छ । पुर्बी रुकुमको ग्रामीण भेगमा  यातायातको सेवा दिईरहेको पुर्बी रुकुम यातायात प्रालिले  अाज बाट रुकुमकोट देखि सडक संजालले छोएको  सबै ठाउँमा जिप पथाएको छ । पुर्बी रुकुमको पिपलतुङ, तकसेरा, कोल, राङसी, लुगुम,कांक्री,महत, सिमा लगाएतका ठाउँमा जिप पथाईएको पुर्बी रुकुम यातायात प्रालिको महासचिव मरिचमान बुदामगरले जानकारी दिनुभयो । पुथा उत्तरगंगा गाउँपालीकाको वडा नम्बर १० र ११ को बिच भुगोल हुँदै बग्ने उत्तरगंगा नदीमा स्काभेटर द्धारा नदी बनाए पछि जिप १३ नम्बर वडाको पिपलतुङ सम्म सहजै जिप पुगेको छ । यातायात ब्याबसायी, प्रशासन र ब्यापारीहरुको संयुक्त  पहलमा बाटो निर्माण कार्य पुरा गरेर यातायात सुचारु भएको महासचिव बुदामगरले जानकारी दिनु भयो । भुमे गाउँपालीका र सिस्ने गाउँपालीकाको बिचमा रहेको धौलापैराको खोला  निर्माण भएपछि रुकुमकोट  देखि  सबै ठाउँमा  सिध...

Basket Making method (doko banaune tarika)

Image

Bansulli (typical bambo music)

Image

Real COCK FIGHT

Image

उजुरी गरौ एक रुपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना,

Image
असोज १५, २०७५ काठमाडौं – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ । विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उहाँले बताउनुभयोे । “अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र उपभोक्तावादी सङ्घ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ, अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानून बमोजिम कारवाही हुनेछ”–प्रवक्ता उपाध्यायले भन्नुभयो । तोकेभन्दा रु एक मात्र बढी भाडा लिए पनि रु पाँच हजार कारवाही गरिने व...

5 no Superficies Higher Mountain in Eastern Rukum

Image

Adversities Assembly in Thawang Rolpa.

Image