Posts

Showing posts from March, 2017

जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र

Image
–मैत्या घर्ती मगर काठमाडौं । सानै उमेरमा चर्चा कमाइरहेको निर्देशक अनिल कम बजेटमा चलचित्रहरु निमार्ण गर्ने र दर्शकको मन जिट्ने निर्देशक मध्य एक हुन । तकसेरामै जन्मेका हाल, काठमाडौंमा बसोबास गर्दै आएका अनिलले पाँच चलचित्र निमार्ण गरिसकेका छन् । मगरले “लोम्बा” चलचित्र पाँच बर्ष पछि प्रर्दशनमा लिएका छन् ।  मगर समुदायमा एउटा भेडाले हजाराँै भेडाहरुलाई नेट्रत्व अथवा अगुवाई गर्छ, जसलाई ‘लोम्बा’ नामले चिन्ने गरिन्छ । रुकुमका भेडा गोठालोहरुले बर्षभरी भेडाहरुलाई चरिचरणको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने चलन छ । त्यसैले यात्राको क्रममा एउटा नेता भेडाको आवस्यक पर्छ । त्यही नेता भेडाको सहारामा अरु भेडाहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । सोहि प्रकृयालाई फिल्म मार्फत अनिलले उतारेका हुन् । अनिल भन्छन्–‘हजाराँै भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भएपछि अर्को लोम्बाको तयारी र गोठालोहरुलाई आउने संकटनै फिल्मको आत्मा हो । सोहि कथासंगै तकसेरामा अवस्थित मगर समुदायको ब्यवसायीक, आर्थिक, राजनितिक, संस्कार, संस्कृतिहरुलाई चलचित्र मार्फत चित्रण गर्न खोजेको छु ।’  निर्देशक अनिलको टिम युनिट जम्मा ६ जन...

अन्न ब्यबस्थापन सिजन

Image
 रुकुमको पुर्बी मगर खाम भासी क्षेत्रमा आजबोलि अन्न बित्रयाउने हतारो छ | असोज महिनामा बारी बात घर बित्र्याएर केलाई जीलाई गरे पछि ६ महिना बाहिर आगन वा घरको थाला ( छत मा  ) भण्डारण गरेर सुकाइन छ | यसरि सुकाउदा पछि सम्म राख्दा गुण किराले नछुने र खाँदा पनि रसिलो हुने गरेको बुदा पाखा हरुले बताउनु हुन्छ |  ६ महिना भेडाबाख्राहरु संग औलो (गर्मि ठाउँ ) तिर झर्नुपर्छ  घर भित्र राख्दा वसिने र गुण किरा ले खाने डरले गर्दा बाहिर सुकायर छोडिन्छ | गर्मि बढे पछि गाउँ घरमा फर्केर आ आफ्नो अन्न घर भित्र भित्र्याउ छन |

नरसि खोलामा तटबन्द

Image
रुकुम तकसेराको तकमा रहेको नरसी खोलामा बादीको क्षति कम गर्न गेबिंग जाली हालिदै छ | तक गाउँको छेउ बात बगेर जाने नरसी खोलाले बरसै पिछे बादी पहिरो आयर ठुलो मात्रामा धनजनको हानि नोक्सानी बनाउ छ | क्षति कम गर्न तकसेरा बासि र सरोकारवाला निकाएको लामो हारगुहार पछि मद्यपछिम क्षेत्रिय कार्यालय भू सम्रक्षन लमही दाङ्ग  बात ४०० पिस आयको छ | सो तार जाली समुदाइले नै खोला मा राखे बापत ८ लाख पारिश्रमिक पाउने बयको छ | ठेकेदार र उपबोक्ता समिति बाट काम गर्दा सिमित व्यक्तिले मात्र काम गरेर पैसा कमाउने गर्छन  | यसपाली समुदाइले नै काम गर्ने र मुनाफा पनि समाजले नै खाने बयको छ | तकको १-५ न वडा ले पालो पालो आफ्नो वडाको झारा मा गयर तार जाली खोलामा राखछन | खोलाको छेउ छेउ भत्कियको र पहिरो गयको ठाउमा हेरेर तार जाली हालियो | मद्य बाग मा भादी ले क्षति कम गर्न बिनय मा बाथ हालेर १ न वडाले कामको सुरुवात गरेको थियो | खोलामा बाथ र तार जाली हाले पछि तकसेरा बासिहरु खुसि छन् | बर्सामा वारि पारि गर्न सारै अपठ्यारो हुने गर्छ | लेक बेशी र स्कूल आउजाउ गर्न खोलाको आतिनै जोखिम मोल्नु पर्छ |A

मन्द मुस्कान

Image
        मगर्नी नानी आफ्नो बेशभुषामा

सेकुवा संगै स्वागत छ तकसेरामा

Image
आधुनिक पर्यटन विकास संगै तकसेरामा पनि पर्यटक को चहल पहल बढेको छ | सुन्दर बस्तिहरुमा पनि पर्यटन को आँधीले छोयको छ | पर्यटक लाई स्वागत गर्न तकसेरामा पनि होम स्टे संचालनमा आयको छ | तकसेरा होम  स्टेमा दिदो र सिस्नोमा टिमुरको अचार [ छोप } साथमा सुंगुरको सेकुवा र झौ वा गहु को जाड [ छोकरा } संग काम्लोमा बसेर मज्जासंग आनन्द लिन सकिने छ | खान पिन पछि नाच गानको बर्पुर मनोरंजन पनि |

सिप र कलाको खानी पुरानो पुस्ता

Image
पुरानो सिप र कला हराउदै जानु र नया पुस्ताले बेवास्ता गर्नाले आघुनिक बजारिया सामानले सुन्दर गाउँ बस्तिको अस्तितो खाइदियको छ | आधुनिकताको पछि पछि दौदिदा आउने पुस्ताको लागि पुरानो सामग्रीहरु कुनचरिको नाउ हुने छ |

माछा कुर [तुम्पो}

Image
रुकुमको तकसेरामा एक भीरको खोंच बाट पानी बग्दछ त्यो पानी सन्सगै माछा पानी झर्छन | वर्ष मा ३ महिना सबै गाउँलेले पालै पालो १ दिन माछा मार्छन | विधिवत रुपमा फाल्गुनको १ गते पुजापाठ गरे पछि २ गतेको दिन देखि गोल प्रथा बाट आआफ्नो पालो परेको दिन माछा मार्न जान्छन | माघको मसान्तको दिन बिसौली बिसौली प्रतेक कुरिय बाट जम्मा गरेर राख्छन त्यो जाड निगाला केलायर पासो [तुम } बनाउने हरु लाइ छानेर दीइन्छ | त्यो दिन नै पिङ्ग पानी राखेर खेल्ने चलन छ |

हल्सार { हलो र भूमिको पुजा }

Image
रुकुमको तकसेरामा एउता अनौठो प्रचलन रहेको छ | हलो बनद  र फुका गर्ने वर्ष भरिमा ४ महिना बारीमा हलो जोतन पाइदैन यदि कसैले नियम बिपरित जोतेमा जरिवानाको भागीदार हुनुपर्छ | खाम भाषी मगरको इतिहास अनुसार मगरको पहिलो बस्ति हुकाम गाउँ र  ढोसरो बस्ति तकसेरा  हो | तकसेरामा बस्ति बसायर जिबिका चलाउदै गर्ने क्रममा घर्तिहरुको पुर्खा बेलैमा बिते एक मात्र छोरो टुहुरो हुन पुग्यो | सम्पति हडपने धाउमा त्यो घरमा काम गर्ने छततु कमारोले टुहुरो  केटोलाई बागलुङ्ग्को निसी गाउँमा बेचेर छोड्यो | २,३ वर्ष तकसेरामा बादी पहिरो र दैबी पर्कोप्ले सतायो एकजना झैसिले पहिलो बस्ति बसाउने मान्छेको  छोरो रहेछ त्यो केटोलाई लियर पुजापाठ नगर्दा सम्म यो आनिस्त हट्दैन बने पछि सबै गाउँलेले सल्लाह गरेर खोज्ने निदो गरे खोज्दै जाने क्रमममा निसी गाउँमा बेते फर्कायर लियर शुभ  दिन हेरेर टुहुरो घर्ति केटोको हातबाट पुजापाठ गरे पछि कहिले पनि आनिस्त बयन | त्यो दिन देखि तकसेरा बासिले घर्ति केटो को जयजय कार गरेर तक गाउँमा हुने ५  वटा ठुलो पुजाको जिम्मा दिय | आहिले सम्म तक गाउँमा पुजा घर्तीको हातबाट नै हुँदै आय...

दैनिकी

Image

ढुई आंधीको साक्षि खारा ब्यारेक

Image
          तत्कालिन बिद्रोही नेकपा माओवादीले देशको मुहार फेर्न २०५२ साल फाल्गुन १ गते रुकुमको राडी,रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलिगढ़ी चौकी मा हमला गरेर जनयुद्द सुरुवात गरि १० वर्ष  सम्म वर्गीय लडाई लडे संसारलाई चकित तुल्याउदै देशमा ठुलो परिवर्तन | २४० वर्षीय राजतन्त्र दलेर शान्ति सम्झौता हुँदै देशमा लोकतन्त्र,गणतन्त्र आयो | २ पटक निर्वाचन हुँदै देश संघिय गण राज्यको दौरानमा छ | विद्रोही र राज्य विचको युद्दमा १२ हजार नेपालीहरु मारिय | धेरै बेपता घाइते आपंग भय | नेपाली जनताहरु दुवै पक्ष बाट त्रसित भयर खुकुरीको धारमा जीवन जिउन विवस थिय | विगतका ति भोगाइ र बोलीहरु चत्त्कै विर्सेर आहिले आयर नेताहरु आलिसान महलमा रमेर जियका छन् | त्यो युद्दको आधिभुमी रुकुम,रोल्पाका जनताको जीवन सैली र लालसेनाले परेड खेलेका आधार ईलाकाहरु उस्तै छन् | त्यो महान जनयुद्दमा लडाईको सामना गरेको साक्षि हो रुकुमको खारा | देशमा सबैतिर युद्दको आगो सल्किय पनि खारामा फरक किसिमले आगो लाग्यो | खारालाई फर्केर हेर्दा २०५६ साल फाल्गुन १० गते माओवादीको गोलि प्रहारबाट प्रहरी जवान गोपाल केसीको मिर्त...