जन्मभूमि तकसेराले अनिललाई ‘लोम्बा’ चलचित्र
–मैत्या घर्ती मगर काठमाडौं । सानै उमेरमा चर्चा कमाइरहेको निर्देशक अनिल कम बजेटमा चलचित्रहरु निमार्ण गर्ने र दर्शकको मन जिट्ने निर्देशक मध्य एक हुन । तकसेरामै जन्मेका हाल, काठमाडौंमा बसोबास गर्दै आएका अनिलले पाँच चलचित्र निमार्ण गरिसकेका छन् । मगरले “लोम्बा” चलचित्र पाँच बर्ष पछि प्रर्दशनमा लिएका छन् । मगर समुदायमा एउटा भेडाले हजाराँै भेडाहरुलाई नेट्रत्व अथवा अगुवाई गर्छ, जसलाई ‘लोम्बा’ नामले चिन्ने गरिन्छ । रुकुमका भेडा गोठालोहरुले बर्षभरी भेडाहरुलाई चरिचरणको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने चलन छ । त्यसैले यात्राको क्रममा एउटा नेता भेडाको आवस्यक पर्छ । त्यही नेता भेडाको सहारामा अरु भेडाहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । सोहि प्रकृयालाई फिल्म मार्फत अनिलले उतारेका हुन् । अनिल भन्छन्–‘हजाराँै भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भएपछि अर्को लोम्बाको तयारी र गोठालोहरुलाई आउने संकटनै फिल्मको आत्मा हो । सोहि कथासंगै तकसेरामा अवस्थित मगर समुदायको ब्यवसायीक, आर्थिक, राजनितिक, संस्कार, संस्कृतिहरुलाई चलचित्र मार्फत चित्रण गर्न खोजेको छु ।’ निर्देशक अनिलको टिम युनिट जम्मा ६ जन...