Posts

Showing posts from April, 2017

भरान बोक्ने झारा

Image
मैत्या घर्ती मगर   रुकुम, रोल्पाको खामभाषी बस्तिमा हरेक काम गर्दा सामुहिक रुपमा गर्ने गर्छन् । ब्यात्तिगत काम देखि लिएर सामाजिक काम सबै मिलेर गर्छन् । घर बनाउनलाई आबस्यक हुने काठ र डुङ्गाको झोरझाम गरेर झाराको लागी आफनो वडामा उठाउनी (२ दार्नी रक्सी १ हजार दाम) बोकेर बहिदारको घरमा पुग्छ तकसेराको कौडे घर्ती मगर । बहिदारले कतवाललाई वडाका सबैलाई उठाउनी खान र झाराको निर्णय गर्न बहिदारकोमा जम्मा हुन् निर्देशन गर्छ् । वडाका सबै बहिदारकोमा जम्मा भएर सबैलाई उपयूत्त हुने समय तथा शुभ दिन हेरि झाराको दिन तोकियो बुधबार चैत्र ९ गते । झाराको दिन बिहानको भालेको पहिलो डाकोसँगै दमाईले खुतु (सबैलाई संकेत दिन दमाह) बजाउँछ झरालुले आ आफनो चुलोमा पाकेको खाना खाएर झिसमिसेमै हिँदछन् । आधी बातोमा पुगेपछि सबै जना आए की आएन्न जाँचबुज हुन्छ । भरान भएको ठाँउमा पुगेर आ आफनो झोलामा भएको अरनी खाएर आफुले सकने सम्मको बोक्छन् अझ यूवायूवतीमा त कसले ठुलो भरान बोक्न सक्छ भनेर प्रतिस्पर्दा नै हुनेगर्छ । भरान बोकेर फर्किने बेला बिच बातोमा घरभेतीले प्रछाउ (खाजा) पु¥याई दिन्छ । अरनी खानु अगाबै साली भेना बिच कक्रचौली (तानातान...

आयो बशन्त ऋतु

Image
बशन्त ऋतुको आगमनसंगै लेखमा लालीगुराँस ढकमक फुल्यो |

दिकरे नाच

Image
मैत्या घर्ती मगर  पुर्वी रुकुम तथा आसपासका खाम भाषी क्षेत्रहरुमा प्रचलित रहेको परम्परागत प्रख्यात नाच हो दिकरे । नयाँ वर्षको शुरुवात सँगै औपचारिक रुपमा वैशाख १ बाट बैशागे पुन्नि सम्म मगर बस्तिहरुमा प्रत्येक साँझ चोक चौतारामा नाच्ने गर्छन् । समुहमा नाचिने दिकरे घुर (अगुवा) को चाल तथा तालमा हरेक चाला नाच्ने गरिन्छ । गुरु मान राख्दै शुरुवात गरिने दिकरे नाच अनत्य पनि गुरु मान राख्दै हुन्छ । शास्त्रीय विधी विधान अनुरुप नाचिने दिकरे नाच ८ चालामा नाचिन्छ । संस्कृती हस्तान्तरणमा समस्याको कारण सबै चाला नाच्ने र बाजा बजाउन जान्ने घुरुको अभाब हुन गई यो नाच केहि चालामा सिमित हुँदै आएको छ । दिकरे नाचको समयमै संरक्षण र संवर्धन गर्न नसके लोप हुने अवस्थामा रहेको छ ।

काँडो

Image
मैत्या घर्तीमगर   मगर समाजका प्राय रितीरिवाजहरु अन्य जातीहरु भन्दा फरक रहेको पाईन्छ । आफनै संस्कार, संस्कृती, रहनसहन, भेषभुषा, चालचलनमा रमेका मगर समुदायले ईष्तकुतुम्ब, विवाह र विशेष भोज पनि अनौठो तरिकाले गर्छन् । घरमा आएको वा बोलाईएको पाहुनाहरुको सब भन्दा पाखो (जेष्ठ) मान्छेलाई मार हान्ने जिम्मा दिईन्छ् । पाखो मान्छेले मार हानिसके पछि पाप गरे वापत एक बुतको (कतौरा) रक्सी खुवाईन्छ् । मार मारिसके पछि बाँकी काम घरको भाई भन्दद्धारा कातकुत गरेर पकाउँछन् । मारको ताउको, दाहीने खुट्टा सगलो, मुतु, मिर्गौला, अलिकति आन्द्रा भुँडी लठ्ठीमा काँचै उनेर राखिन्छ् । खानपिन र भलाकुसारी भएपछि ईस्त कुतुम्बलाई बिदाई गर्दा सम्मान स्वरुप एक कटौरा पकाएको मासु रक्सी र काँडो बोकेर घर सम्म पु¥याउँने चलन रहेको छ । त्यो काँडोलाई भोजमा गएका सबैले पकाएर बादीचुदी खान्छन् ।  

तकसेरा देखि युक्रेन सम्म

Image
मैत्या घर्ती मगर    पुर्वी रुकुमको तकसेरा मगर बाहुल्य तथा कला संस्कृतीको धनि बस्तिहरु मध्ये एक हो । यहाँका मानिसहरु नेपालको प्रमुख सहर देखी संसारको हरेक कुना कन्धरा सम्म पुगेका छन् । तकसेरावासी भेडाबाख्रा पालन र कृषिमा आश्रीत छन् । पढाई राम्रो र व्याम कसरत गर्न सक्नेहरु बृतीस तथा भारतीय आर्मीमा नापिन्छन् अलि पैसा हुनेहरु अमेरिका,युरोप छिर्छन् सामान्य परिवारका ब्यातिmहरु खाँदी मुलुक पुगेर मन्नग्य पैसा कमाएर छोराछोरी सहरको राम्रो स्कुलमा पदाएर जिविकोपार्जन चलाउँछन् । यस्तो कार्य तकसेराको संस्कार नै बनिसकेको छ । सबै युवाहरु विदेशीने समाजमा सामान्य गरिब परिवारमा जन्मे डा.अनिल बुदा मगर । गाउँघरको थाला (घरको छत) मा ध्यालकत (ओखर) हान्दै,उनिउँ घारीमा लुकामारी खेल्दै नजिकैको उत्तरगंगा नदीमा माछाको बुरा समात्दै चेल्वाँ चौरमा कर्ती (डण्डी वियो) खेलेर बिताउनु भयो । सानै उमेरमा घरमै कखरा सिक्दै श्री महेन्द्र मावीमा भर्ना भएर औपचारीक शिक्षा प्रारम्भ गर्नुभयो । बच्चपनमै मगरले बुवा गुमाएर टुहुरो हुन पुगे । मैतेली घरमा बसेर जिवनको गोरेतो पहिल्याएर उकाली ओराली,पाखा पखेरा भिर पहरामा रमेर बालापन ...

रुकुममा पनि पर्यटन पत्रकार

Image
       समृद्धिका लागी पर्यटन संचार अभियान भन्ने मुल नाराका साथ नेपाल पर्यटन पत्रकार संघ जिल्ला शाखा रुकुमको प्रथम अधिवेशन सम्पन्न भयो । मैत्या घर्ती मगरको अध्यक्षतामा शुरुवात भएको कार्यक््रमा नेपाल पर्यटन पत्रकार संघको केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतु विचार)को प्रमुख आतिथ्या रहेको विशेष अतिथि संस्कृती तथा पर्यटन विकास केन्द्रको अध्यक्ष पहलसिँह घर्ती मगर तथा पर्यटन सुचना केन्द्रका अध्यक्ष चन्द्र बहादुर केसी प्रेस सेन्तरका अध्यक्ष मेगराज खडका प्रेस युनियन बात आर्दश केसी सानोभेरी यातायात बस समितीको महासचिव बिरबहादुर मल्ल लगायतको उपस्थिती थियो । अधिवेशन बात मैत्या घर्ती मगरको अध्यक्षतामा १३ जना सदस्य रहेको नयाँ कार्य समिती सर्व सम्मत गठन गरियो । जसको वरिष्ठ उपाध्यक्षमा नारायण ओली महिला उपाध्यक्ष सिता विश्वकर्मा सचिव भुपाल बुदा मगर सह सचिव छविलाल विष्ट कोषाध्यक्ष नवराज केसी सदस्यहरु अल बहादुर पुन मगर,प्रेम कँवर मगर,पविता बाँठा मगर,निरुता चन्द,विशाल विष्ट,दिपेन्द्र महतरा,प्रेम विक रहेका छन् । नवराज केसी को स्वागत मनतब्य र भुपाल बुदा मगरको सचालनमा कार्यक््म सम्पन्न भएको ...

खुट्टे खेल (तस्बिर कथा)

Image
मैत्या घर्ती मगर    मेलापात जाँदा होस या चाडपर्बको दिन महिलाहरु समुहमा खेलिने खेल हो खुट्टे । शुरुमा ५ वा ७ जनाको समुहमा बाँडीएर भुँईमा कसले खुट्टा ठड्याउने र कसले नाघने निरक्योल गोला प्रथा गरिन्छ् । तिममा एक जना घुर (अघुवा) चुन्निछ् घुरले खेल्न पहिलो खेल शुरुवात गर्छ अरु खेलादीहरु प्छि पछि खेल्दै जान्छन् । कुनै खेलाडीले बिप्क्षी तिमको खुट्टा छोएमा त्यो खेलाडीले खेल्न पाउदैन् पुनः घुरले खेलिदिन्छ् । यदि घुरनै मरेमा विप्क्षी तिमले नाघ्ने पहिलो तिमले भुँईमा खुट्टा ठड्याउछ । १.पहिलो राउण्डमा भुँईमा ठड्याएको खुट्टा जति सक्यो अग्लो बनाई नाघ्ने (घाप्ने) २.खुट्टा एक आपसमा जोडेर फिँजाउने (फेसा)  ३.एक खुट्टाले नसमाएर घुम्ने (खोङगै )  ४.एक खुट्टा समाएर घुम्ने (केउद खोङगै) ५.एक खुट्टा अर्को खुट्टाको घुँडा माथी राखी नसमाएर खेल्ने  ६.एक खुट्टा अर्को खुट्टाको घुँडा माथी राखी समाएर खेल्न ७.दाँया खुट्टाको बुद्धी औँलाले बाँया खुट्टाको बुद्धी औलामा च्यापेर घुम्ने (काप्ने) ८.एउता खुट्टाको पाईला माथी अर्को खुट्टाले तेकेर उफ्रिने ९.घेरा बाहीर बिस इन्च देखि माथी खुट्टा फत्याउने कम भय...

चैते दशैँमा बुर्काउने

Image
मैत्या घर्ती मगर  छ महिने औल (तराई) बसाई सकेर आ आफनो माल (भेडाबाख्रा) शिखर (पहाड) फर्काएर चैते दशैँको मुखैमा गाउँघरमा आएर गोठालाहरु  ईस्तमित्रहरु संग झमघत भएर रमाईलो गर्छन । चैते दशैँलाई विशेष भेतघात हुने अबसरको रुपमा मनाईन्छ् । भारतको राष्ट्रिय खेल हक्की जस्तै देखिने खेल हो बुर्काउने । अनौपचारीक रुपमा चैत्र १ गते देखी युवायुवतीहरु वनमा गएर हक्की जस्तो तुप्पोमा गुमेको काठ कातेर लिन्छन् । मेलापात बात फर्के पछि हरेक साँझ खुल्ला चौरमा भेला भएर समुह समुहमा बाँडिएर खेल्ने गर्दछन् । चैते दशैँको दिन बिहानै पुजापाठ गरी खानपिन सकेर चौरमा सबै मानिसहरु भेला भएर औपचारीक रुपमा बुर्काउने खेलको उतघातन गरि वर्षको राम्रो तर अन्तिम खेल बुर्काउनेले काठको बल बुर्काएर विप्क्षीको पोस्तमा छिराएर बाजी मारिन्छ । दिन भरि बुर्काउने खेलमा बिभिन्न बाजी राखेर पक्ष विप्क्षमा यो खेल खेल्ने चल्न रहि आएको छ् ।