सेराबाङमा महिला सशक्तीकरण ३ दिने तालिम सम्पन्न
श्रीकृष्ण बुदा मगर रुकुम पूर्व रुकुम पूर्वकाे भुमे ५ सेराबाङमा महिलाहरूलाई सशक्ती गराउने उद्देश्यले अनुशिक्षा वडा स्तरीय ३ दिने तालिम सम्पन्न भएकाे छ । भुमे गाउँ पालिका अन्तर्गत सामाजिक विकास महिला तथा बालबालिका शाखा कार्यालय रुकुम पूर्वकाे अायाेजनामा तालिम सम्पन्न भएको हाे। तालिममा लैङ्िगक सामाजिक भेदभाव महिला हिंसा घरेलु हिंसा लगाएत अादी प्रशिक्षण दिएकाे थियो । साथै भारती नेपाली काे अध्यक्ष्ातामा १३ सदस्य सेराबाङ महिला सामुदायिक बिकास समूह गठन गरिएको छ।उपाध्यक्षमा अमिता सुनार सचिवमा पुर्णकला बि.क. स सचिवमा सिमाना बुढा र काेषाध्यक्षमा इच्छा बुढा रहेका छन् । वडा अध्यक्ष टेक प्रसाद बुढाकाे अध्यक्ष्ातामा भएको तालिममा तालिमको सहजीकरण तथा प्रशिक्षण महिला विकास शाखा रुकुम पूर्वका सहायक निरक्षण यमुना खड्काले गर्नु भएको थियोे ।