पुथा हिमाल ओजेलमा सिस्ने हिमाल आउने भयो लोगोमा
पश्चिम तराई र पहाडका १२ जिल्ला समेटेर बनेको यस प्रदेशको चिह्नमा रुकुमको सिस्ने हिमालदेखि बुद्धजन्मस्थल लुम्बिनीलाई समेटिने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिको मंगलबारको बैठकले चिह्न टुंगो लगाएको हो । धानको बालाले घेरेको गोलाकारभित्र सबैभन्दा माथि राष्ट्रिय झण्डा रहने छ । त्यसभन्दा मुनि सिस्ने हिमाल र त्यसको काखमा लुम्बिनीको बलेको दिप रहने छ । त्यसको तल महिला र पुरुषले हात मिलाएको संकेत राखिने छ । मस्यौदा समिति सदस्य भूमिश्वर ढकालले रुकुमदेखि रुपन्देहीसम्मको भूगोल, किसानको पहिचान र महिला पुरुषको सहअस्तित्व झल्कने चिह्न बनाउने निर्णय गरेको बताए । ‘संघीयतामा अधिकार र पहिचान सबैभन्दा ठूलो रहेछ,’ उनले भने, ‘भूगोल, पेशा, पहिचान र लैंगिकताको समिश्रण गरेर चिह्न बनाउनलागेका छौँ ।’ रुकुमको सिस्ने हिमाल प्रदेशको सम्भवत ठूलो र चर्चित हिमालहो । शान्तिको प्रतीक लुम्बिनीले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । धानको बालाले नवलपरासीदेखि बर्दियासम्मको धान उत्पादनमानमुना तराईलाई समेट्ने समितिको ठहर छ । चिह्नको अन्तिम टुंगोभने चित्रकारले गराउने छन् । कलामा रुचि राख्नेलाई प्रदेश चिह्न बनाउन आहा...